Home / समाचार / आस्थाका आधारमा विभेद नगर्न शिक्षक संघको आग्रह

आस्थाका आधारमा विभेद नगर्न शिक्षक संघको आग्रह

दाङ,१ भदौ । नेपाल शिक्षक संघ दाङले सत्ताको आडमा जिल्लाका केही स्थानीय तहले भेदभाव गरेको बिरोधमा सार्वजनिक गरेको कार्यक्रम अन्र्तगत देउखुरी क्षेत्रका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया गरेको छ ।

संघको जिल्ला कार्यसमितिले गरेको निर्णय अनुसार संघले देउखुरी क्षेत्रका विद्यालयका प्रधानाध्यापक र स्थानीय तहका पदाधिकारीहरुसँग छलफल गरेको हो । आस्थाका आधारमा संघमा आवद्ध शिक्षकहरुलाई सरुवा, पदस्थापना, प्रधानाध्यापक नियुक्तिलगायतका बिषयमा तर्साउने कार्य भइरहेको निष्कर्ष निकाल्दै छलफलले त्यस्ता कार्य जारी रहे आन्दोलनमा जाने निर्णय गरेको छ ।

आस्थाका आधारमा शिक्षकमाथि हुने भेदभावप्रति सजक रहदै त्यसका बिरुद्ध सक्रिय रुपमा आन्दोलनका लागि तयारी अवस्था रहने निर्णय भेलाले गरेको नेपाल शक्षक संघ दाङका सचिव प्रकाश डाँगीले जानकारी दिएका छन ।

नेपाल शिक्षक संघ दाङका अध्यक्ष युवराज बस्नेतको अध्यक्षतामा एंव संघका संघीय उपाध्याक्ष अमरबहादुर खड्काको प्रमुख आतिथ्यता र संघका ५ नं प्रदेश अध्यक्ष अर्जुनकुमार योगीको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । भेलामा बोल्ने बक्ताले शैक्षिक गुणस्तरीयता बृद्धि र संगठन सुद्धिकरणका बिषयमा आ आफ्ना धारणा राखेका थिए ।

संघका जिल्ला कार्य समितिको बैठकले दाङका केहि तहका स्थानीय तहले आस्थाका आधारमा भेदभाव गरिरहेको निष्कर्ष निकाल्दै देउखुरी, घोराही र तुल्सीपुरमा सम्वन्धित क्षेत्रका प्रधानाध्यापक र संघका स्थानीय तहका पदाधिकारी सहितको छलफल गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*