Home / Feature Breaking news / मोटरसाईकल दुर्घटनामा दुई जनाको मृत्यु

मोटरसाईकल दुर्घटनामा दुई जनाको मृत्यु

साउन,३२ दाङ । दाङको देउखुरीमा भएको मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तरगत लमही नगरपालिका–९ रिहारमा शनिबार भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।

घोराहीबाट नेपालगञ्ज जाँदै गरेको रा ३ प ११३१ नम्बरको मोटरसाइकललाई रिहारमा पश्चिमवाट पूर्वतिर आउँदै गरेको ना ६ ख ३४०३ नम्वरको ट्रकले ठक्कर दिदा मोटरसाईक दुर्घटनामा परेको थियो । दुर्घटनामा मोटरसाईलमा सवार दुई जना घाईते भएका थिए ।

घाइते मध्य नेपालगञ्ज उपमहानगरपालिका ४ कारकाँदोका निवासी ४५ वर्षीय रमेश बस्नेतको उपचारका लागि लमहीमा रहेको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक बिनोदविक्रम शाहले जानकारी दिएका छन ।

त्यस्तै मोटरसाईकलमा सवार घोराही उपमहानगरपालिका वडा नं. ५ धर्ना निवासी ४२ बर्षीय बिनोद बस्नेतको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले मोटरसाईकलाई ठक्कर दिने ट्रकलाई सतबरियामा रहेको पाण्डव क्रेशर उद्योगवाट नियन्त्रणमा लिएको बताएको छ । चालक भने फरार रहेको जिल्ला प्रहरी कार्यालय दाङ प्रहरी नायव उपरिक्षक शाहले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*