Home / Feature Breaking news / मनोज गजुरेलको टिम गाईजात्रा देखाउन दाङ आउने

मनोज गजुरेलको टिम गाईजात्रा देखाउन दाङ आउने

दाङ,३१ साउन । चर्चित हास्य कालाकार मनोज गजुरेललगायतका कलाकारहरु दाङ आउने भएका छन । प्रदेश–प्रदेशमा गाईजात्रा भन्ने मुल नाराका साथ देशका विभिन्न स्थानमा कार्यक्रम गर्न थालेका टोलीले दाङको घोराहीमा पनि गर्न थालेको हो ।

हास्य व्यङ्ग्यात्मक कार्यक्रम देशका सातै प्रदेशमा गर्न थालेको टोलीले दाङको घोराहीमा पनि गर्ने भएको हो । त्रिभुवन नगर जेसीज घोराही दाङको आयोजना भदौको आठ गते घोराहीको भिंग्रेली भिलेज रिसोर्टको सभाहलमा कार्यक्रम गर्न थालिएको कार्यक्रम संयोजक मिनराज भाटले जानकारी दिए ।

कार्यक्रमबाट प्राप्त भएको रकमवाट त्रिभुवन नगर जेसीजले सञ्चालन गरेको इ–लाईब्ररीको स्तरवृद्धिका लागि आर्थिक संकलन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक भाटले जानकारी गराएका थिए ।

उक्त कार्यक्रममा हास्य कलाकार मनोज गजुरेलसँगै शैलेन्द्र सिहखडा, सुबोध गौतम, रवि डंगोल, यमन श्रेष्ठ, शिवशंकर रिजाल (जोगिन्दर),सुरेन्द्र केसी (मुला साग),पूर्ण थापा, मोडेल रुविना अधिकारी, हास्य कालाकार सन्ध्या बुढा (काउली बुढी),सुमन काकीलगायतका कलाकारहरु आउने कार्यक्रम रहेको त्रिभुवन नगर जेसीज दाङका अध्यक्ष बसन्तराज अधिकारीले जानकारी दिए ।

साँझ पाँच बजेदेखि सुरु हुने कार्यक्रमको पाँच सय र एक हजार रुपैयाँ टिकटको व्यवस्था गरिएको आयोजकले जानकारी गराएको छ । पत्रकार सम्मेलन त्रिभुवन नगर जेसीज घोराहीका अध्यक्ष बसन्तराज अधिकारीको अध्यक्षता तथा नेपाल पत्रकार महासघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यतामा भएको थियो । पत्रकार सम्मेलनको सहजीकरण महासचिव रोशन दाहालले गरेका थिए । उक्त टोलीले दाङसहित बिराटनगर, सिमरा,हेटौडा, पोखरा, बुटवल, धनगडीलगायतका स्थानमा कार्यक्रम गर्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*