Home / समाचार / संस्थागत विद्यालयका प्रअहरुकाे भेला

संस्थागत विद्यालयका प्रअहरुकाे भेला

तुलसिपुर,  २८ साउन 
तुलसिपुर उपमहानगरपालिका भित्रका संस्थागत विद्यालयहरुका प्रअ हरुकाे भेला अाज तुलसिपुरमा सम्पन्न भएको छ ।

तुलसिपुर उपमहानगर पालिका शिक्षा महाशाखा संयाेजक देवराज विश्वकर्माकाे अध्यक्षता तथा नगर प्रमुख घनश्याम पाण्डेकाे प्रमुख अातित्थ्यतामा भएको थियाे । साे अवसरमा वाेल्दै मेयर पाण्डेले संस्थागत विद्यालयहरुले लक्ष्य निर्धारण गरेर दक्ष जनशक्ती उत्पादन गर्न तर्फ लाग्नु पर्नेमा जाेड दिनु भयाे । पाण्डेले संस्थागत विद्यालयहरुले स्वस्थ्य प्रतिस्पर्धाका साथ अन्तरास्ट्रिय क्षेत्रमा विक्न र टिक्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्न तर्फ जाेड दिन अाग्रह गर्नु भयाे ।

साथै पाण्डेले उपमहानगरपालिकाले पहिलाे पटक नगर भित्रका सामुदायिक र सस्थागत विद्यालयहरुमा विद्यार्थी मुल्यांकन कार्यक्रम गर्न लागेकाे हुदा सहयाेग गर्न अाग्रह गर्नु भयाे ।

पाण्डेले उपमहानगरले भारतमा र नेपालकाे वुढानिलकण्ठ तथा तराईकाे एक विद्यालयमा मात्र प्रयाेग गरियकाे असर नामक मुल्यांकन पद्धति नेपालमै पहिलाे स्थानिय तहकाे रुपमा यहाँ गर्न लागेकाे भन्दै यसले विद्यार्थीहरुकाे स्तर थाहा हुने र त्यसवाट नया रणनिति वनाउन सहयाेग पुग्ने दावि गर्नु भयाे ।
त्यसैगरी कार्यक्रममा वाेल्दै शिक्षा महाशाखा संयाेजक देवराज विश्वकर्माले सस्थागत र सामुदायिक विद्यालय दुवैकाे उदेश्य दक्ष जनशक्ति उत्पादन गर्नु रहेकाे वताउनु भयाे ।

उहाले असर टेस्टले संस्थागत र सामुदायक विद्यालय दुवैले धेरै भन्दा धेरै लाभ मिल्ने वताउनु भयाे । सस्थागतका २० हजार र सामुदायिक विद्यालयका १३ हजार विद्यार्थीमा असर टेष्ट गरेर त्यसकाे रिजल्टका अाधारमा उपमहानगरले नया रणनिति वनाउने विश्वकर्माकाे जाेड थियाे । कार्यक्रमकाे संचालन श्राेत व्यति मुकुन्द रिजालले गर्नु भएको थियाे ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*