Home / Feature Breaking news / मेरो पत्रकारिताको स्कुल गोरक्ष

मेरो पत्रकारिताको स्कुल गोरक्ष

सपना बोहरा

समाचार लेख्ने, नयाँ–नयाँ विषयमा खोजी गर्ने रठुला–ठुला कार्यक्रममा जाने अवसर मिल्थ्यो । बिहान रेडीयोमा समाचार पढनेसमयमा मेरो नाम आएन भने कहिले त बिहानै पनि गाली खाईन्थ्यो । मेरोआमालाई पढन नआउने तर रेडियो सुन्ने गर्नुहुन्थयो । रेडियोमा नाम आयोभने धेरै खुशी हुनुहुन्थयो

समाचार लेख्न आउछ ?

आउछ ।

पत्रकारिता तालिम लिएको हो ?

हो ।

अनि नेपाली टाईप ?

त्यो पनि आउछ ।

पत्रकारिता समय दिन सकिन्छ ?कहिले राति पनि पर्न सक्छु ?

सक्छु ।

मेरो पत्रकारिताको पहिलो परिक्षा यसरी नै शुरु भएको थियो । सोधिएका प्रश्न बाहेकका अरु मैले जवाफ दिन परेन । त्यो समयमा मलाई न नेपाली टाईप गर्न आउथ्यो । नत पत्रकारिताको तालिम नै लिएको थिए । न मैले कहिले झमक्क रात पर्दासम्म काम गर्नु पर्छ भनेर कल्पना गरेको थिए । ती सबै चुनौती थिए मेरा लागि । तर त्यो भन्दा ठुलोे रहर थियो पत्रकारिता ।

म एक–एक सम्झन्छु त्यो पल । आज पनि उस्तै लाग्छ । मेरो पत्रकारिताको शुरुवात गोरक्ष राष्ट्रिय दैनिकबाट शुरु भएको थियो । त्यो समयमा मेरो पत्रकारिताको गुरु तथा आदरणीय दाई गजेन्द्र बोहरा हुनुहुन्थ्यो । उहाँले नै पत्रकारितामा आउनुभन्दा अघि मलाई ती प्रश्नहरु सोध्नु भएको थियो । राम्रोसँंग चिनजान थिएन् । ठुलो पत्रकार भनेर चिन्थे ।मलाई पत्रकारिता गर्ने रहर थियो । चाहना भए बाहना धेरै भने झै मैले दाईसँंग तालिम लिएको, नेपाली टाईप आउछ भनेर झुट पनि बोले ।

तालिम लिएको प्रमाण पत्र, शैक्षिक योग्यता र नागरिकताको फोटो कपि लिएर आउनु भन्नुभयो । तालिमको प्रमाणपत्र बाहेक सबै थियो मसंग । दाईले अर्को दिनवाट अफिस आउने भन्दै सबै स्टाफहरुसंँग परिचय गराइदिनु भयो । मनमा एक किसिमको छुटट्ै खुशी थियो । तर कताकता डर पनि थियो । समाचार कसरी लेख्ने ? कसरी टाईप गर्ने । घर जाने समयमा एउटा कम्प्यूटर इन्स्टिच्युटमा गएर नेपाली टाईपको किबोर्डको फोटोकपी किने र रातभर घोके । सायद स्कुल पढ्दा पनि म त्यसरी पढेन होला ।

‘क’ (क), ‘ख’ (ख), ग (ग) देखि अल्ट,कन्ट्रोल हानेर अक्षर, सिम्वोलसम्म घोके । अर्को दिन बिहानै १० बजे अफिस पुगे । शिक्षा सम्वन्धी समाचार लेख्नु थियो । समाचार लेख्नको लागि दिइएको म्याटर पनि खोजे । तर कम्प्युटरमा लेख्न बस्दा सबै अक्षरहरु खोज्नु पर्ने । अहिले सम्झिदा हासो लाग्छ । तर त्यही दिनबाट मैले नजानिदो तरिकाबाट संघर्ष गरेको रहेछु । जहाँ आफनो खुशी हुन्छ, जस्तै चुनौती, समस्याहरु आएपनि कुनै वास्ता हुुदो रहेन्छ ।

तीन दिन लगाएर त्यो समाचार तयार भयो । पत्रिकामा पहिलो समाचार वनेर छापिए छ । म नउठदै घोराहीका सबै रेडियोहरुले मैले लेखेको समाचार पढिरहेका थिए । त्यसपछि मात्र बुबा–आमाले थाहा पाउनुभयो । त्यो खुशी म शब्दमा व्यक्त गर्न सक्दिन । हिजोआज पनि दिनहुँ बाईलाईन आउछ । प्रमुख समाचार भएर छापिन्छ । त्यो समाचार बढि महत्व लाग्ने । पुस महिना । लामो रात छोटो दिन । ननिदाएर नै रात कट्थ्यो । भोली के समाचार लेख्ने ?समाचार लेखेको कस्तो प्रतिक्रिया आउने हो ? यस्तै यस्तै कुराहरु सोच्थे । दिन समाचारको श्रोत खोज्दा–खोज्दै छिटै नै बितथ्यो । पाँच बजे नै रात पर्न थालथ्यो ।

मनमा डर र समाचार लेख्ने काम एकै पटक शुरु हुनथ्यो । त्यो दिन पनि घर जान रात पर्ने निश्चित थियो । समाचार पनि लेख्नु पर्ने थियो । समाचार लेखेर घर जादा रात परिसकेको हुन्थ्यो । मान्छेको चहल पहल निकै कम भईसकेको हुनथ्यो । साँझको समयमा त एकलै नहिडने म झमक्क रातमा हिड्ने भए । रातमा हिड्दा कसैको डर भन्दा पनि घरमा कति गाली खानु पर्ने हो भन्ने डर थियो । बुवा आधाबाटासम्म लिन आईसक्नु भा हुन्थ्यो । त्यसपछि म कहिले सुर्य अस्ताउनु भन्दा पहिले घर पुगिन । जहिले रात पर्न थाल्यो । त्यसपछि मलाई सबैभन्दा ठुलो चुनौती घरवाटै शुरु भयो । साँझको खाना भन्दा धेरै गाली खाईन्थ्यो । बिहानको खाना परिवारसँंगै खान दशै आउनु पथ्र्यो ।

शुरुको समयमा त मैले साझँ टियूसन पढदा ढिलो हुन्छ भनेर कुरा बनाउथे । १२ को परिक्षा सकिएपछि त्यो बाहना वनाउनै हरायो । पत्रकारिता छोड्ने दवाव आउन थाल्यो । पत्रकारितामा आमाको कुनै विमति थिएन्
। बिहान चाडै घरबाट निस्कने साझ रातपरेपछि छिमेकी कुरा काटलान, नराम्रो सोच्लान भन्ने ठुलो डर थियो आमालाई । त्यसमा हो आमाको बिरोध र बिमती । म सहजै वुझन सक्थे । तर म गलत थिएन् र छैन् । म पत्रकारितामा लागेपछि साझको खाना जहिले चिसो हुन्थ्यो । म घरभित्र नछिर्दासम्मआमा–बुवा भात नखाएर आगनमा वसेर मेरै वाटो हेरिरहनु हुन्थ्यो ।

मैले आजको दिनसम्म पत्रकारिता गरिरहदा साँझको समयमा बुवा–आमाले म भन्दा पहिले खाना खाएको रेकर्ड छैन् । ‘अरुकाम पाईन्न र ? पत्रकार नगर, छोरी मान्छे रातमा घर आउदा के भन्छन् ?’ आमाले जहिले यही भन्नु हुन्थ्यो । मैले कहिले जवाफ फकाईन् । ‘राती घर आउन ढिला भयो भने फोन गरेस, वुवा लिन आउनुहुन्छ, नभए म पनि लिन आउछु, तर कोही केटाको मोटर साईकलमा चढेर नआएस’ आमाले जहिले सम्ंझाउनु हुन्थ्यो । म हुन्छ भनेर टाउको हल्लाउथे ।

जहिले साझको ६ बज्यो कि घरवाट फोन आउथ्यो । पत्रकारिता छोड भनेर नसम्ंझाउने मेरो परिवारमा सायदै कम होलान । बिहानै अफिस गए भने आमाले गाली गरेका सब भुल्थे । समाचार लेख्ने, नयाँ–नयाँ विषयमा खोजी गर्ने र ठुला–ठुला कार्यक्रममा जाने अवसर मिल्थ्यो । बिहान रेडियोमा समाचार पढ्ने समयमा मेरो नाम आएन भने कहिले त बिहानै पनि गाली खाईन्थ्यो । मेरो आमालाई पढन नआउने तर रेडियो सुन्ने गर्नुहुन्थयो । रेडियोमा नाम आयो भने धेरै खुशी हुनुहुन्थयो । विस्तारै गाली गर्न पनि छोडनु भयो । सबै भन्दा धेरै बिश्वार मप्रति मेरो आमा– बुवाको छ ।
त्यो नै मलाई आत्म सन्तुष्टि लाग्छ । पत्रकारिता क्षेत्रमा प्रवेश गर्दा मैले राम्रो साथ पाए । यो क्षेत्रमा म नौलो थिए । कोही मेरो आफन्त थिएनन् । जो मैले साथ पाए ति आफन्त भन्दा कम भएनन् । पत्रकारितामा शुरुमा मलाई गजेन्द्र दाईले छोरी मान्छे, कम्जोर हुन्छन् भनेर कहिले महशुस नगर्नु, सामाजिक क्षेत्रमा धेरै चुनौतीहरु आउछन्, सामान गर्नु, प्रतिकार गर्नु, समस्यादेखि नभाग्नु, कम्जोर नहनु भनेर संम्झाउनु भएको थियो । म छोरी मान्छे भएपनि कहिले आफुलाई कम्जोर ठानिन् ।

घरमा म वुवा–आमाको लागि त छोरा सरह नै हो । बुवाले मलाई कहिले छोरी मान्छे यस्तो गर्न हुन्न भनेर कहिले भन्नु भएन् । मेरा दिनहँ समाचारहरु आउन थाले । बिहान रेडियोमा सधै मेरो नाम आउन थालेपछि । सबै सकारात्मक भए । गाँउलेले चिन्न थाले । छुट्टै पहिचान हुन थाल्यो । अफिसमा काम गर्ने सहकर्मीदेखि पत्रकारिता क्षेत्रका अग्रज दाईदिदी अनि पाठकहरुवाट राम्रो हौसला पाए । जस्लो गर्दा म यहाँसम्म आईपुगे । मैले
कहिले, कुनै स्थानमा आफुलाई पत्रकार भनेर चिनाईन् ।

म पत्रकार भनेर चिनिदा गर्व लाग्छ । अहिलेसम्मको मेरो कमाई, केही मान्छे अनि सम्मान हो । म सन्तुष्ट नै छु । समाचार लेख्ने क्रममा आदरणीय दाई विपुल पोख्रेल, गजेन्द्र बोहरा, खेमराज रिजाल, गोपाल शर्मा भट्राई, भुवन गौतम, ईन्द्र डिसी, नारायण खडका दाईहरुले फिडव्याक दिनु हुन्थ्यो । मलाई डेस्कमा बसेर समाचार सम्पादन गर्ने भन्दा फिल्डमा गएर सामाचार खोजी गर्ने मन पर्छ । ‘समाचार आफुले लेख्ने मात्रै होईन्, समाचर ईडिट पनि गर्न सिक्नु पर्छ’ विपुल दाईले भनेको अझै पनि याद छ । सम्पादकिय लेख्न पनि सिकाउनु हुन्थ्यो ।

खेम दाईले समाचार लेख्ने समयमा कुनै श्रोत पुगेन भने सहज तरिकाले श्रोत जुटाउन सुझाव दिनुहुन्थ्यो । मलाई याद भएसम्म पत्रकारिमा सबै भन्दा बढि गाली गजेन्द्र दाईले गर्नुहुन्थ्यो । जहिले फरक शैली लेख, फिचर टाईपको लेख, समाचार श्रोतमा शुक्ष्म अध्ययन गर जस्ता कुराहरु सिकाउनु हुन्थ्यो । मैले लेखेका समाचार गजेन्द्र दाईले कहिले राम्रो लेखिस भन्नु भएन् । जति राम्रो लेखेपनि समाचार राम्रो भयो, ठिक छ
भनेर प्रतिकृया नआउँदा मलाई एकदमै रिस उठ्थ्यो । पत्रकरिता नै छोडौ जस्तो हुन्नथ्यो । पछि थाहाँ पाउदै जादा मेरो समाचार लेखनी सुधार होस भनेर त्यसो गर्नुहुँदो रैछ, । पत्रकारितामा मेरा सहकर्मी साथीहरु पनि सहयोगी पाए ।

एक दिन मलाई जिल्ला बाहिर कार्यक्रममा जानु पर्ने भयो । त्यो पनि एक्लै ।मेरो लागि निकै चुनौति भयो । मेरो नाम सिफारिस भईसकेको रहेछ । गोरक्ष राष्ट्रिय दैनिकको प्रकाशक शुलोचना गौतमले (दिदी)लाई म कार्यक्रममा जान्न भने । पत्रकारिता सम्वनधी चितवनमा कार्यक्रम थियो । त्यस दिनसम्म मैले कहिले घर छाडेको थिएन् । म नजाने भनेपछि दिदीले कारण सोध्नुभयो । ‘कार्यक्रममा केटी मान्छे हुन्छन् कि नाई, मलाई डर लाग्छ’ मैलै यसरी नै भनेको थिए । ‘पुरुष मात्रै भएपनि के हुन्छ र ? कार्यक्रममा पुरुष भएपनि सभ्य हुन्छन्, डराउनु पर्दैन्, अरु जिल्लाबाट पनि आउछन् केटी,पनि हुन्छन्’दिदीले यति भनेपछि ढुक्क लाग्यो । म चितवन कार्यक्रममा पुगेपछि अन्य केटिसाथी पनि परिचयमा आए, केटा पनि थिए । अर्को दिन बिहानै आमाको फोनआयो । मैले हलो भन्न नपाउदै आक्रोस सैलीमा आमाले भन्नु भयो –‘बसुन्धरा गौतम (रेडियो स्वर्गद्धारीको सम्पादक) समाचार पढदै हुनुहुन्थ्यो, त कोसँंग गईस ?’

बसुन्धार दिदीसँंग जान लागेको भनेपछि मात्र चितवन जाने अनुमति पाएको थिए । तर बिहान समाचार पढनुहुन्छ भन्ने मेरो दिमाग मै आएन् । अर्को बसुन्धरा महिला पत्रकार हो के भनेर फेरी अर्को झुट बोले । केही
नभनेर फोन काट्नुभयो । कहिले गाली त कहिले ताली गरेर नै पत्रकारिताको एक दशक पुग्न लागिसके छ । गोरक्ष राष्ट्रिय दैनिकले आफनो १५ औ बार्षिकोत्सव भर्खरै मनाएको छ । निकै खुशी पनि छु । जहाँबाट मेरो पत्रकारिता अझ भनौ संघर्षका दिन शुरु भएका थिए । मेरो पत्रकारीताको स्कुल आफै समुन्नत भएर जावस भन्ने सुभेक्षा सहित… ।

गोरक्ष दैनिकको बार्षिक उत्सव अंकमा प्रकाशित लेख ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*