Home / समाचार / चुन ढुङ्गा उत्खन्न रोक्न माग गर्दै ज्ञापनपत्र

चुन ढुङ्गा उत्खन्न रोक्न माग गर्दै ज्ञापनपत्र

दाङ,२३ साउन । चुनढुङ्गा उत्खन्न रोक्न माग गर्दै बंगलाचुली गाउँपालिका वडा नं. ६ तिमिलेका स्थानीय जनताले जिल्ला प्रसासन कार्यक्रम दाङमा ज्ञापनपत्र बुझाएका छ्न । चुनढुङा उत्खनन रोक्का संघर्ष समितिको नेतृत्वमा उक्त ज्ञापनपत्र बुझाइएको हो ।

sangarsh smiti

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले यो विषयमा सिमेन्ट उधोग र गाउपालिका शीत कुरा गर्ने कुरा बताएका थिए । ज्ञापनपत्रमा चुनढुङ्गा उत्खनन तयारी भएको खबरले स्थानीय जनता स्तब्ध भएको र यसरी उत्खनन भयो भने तिमिले मात्र होइन दाङको उत्तरतर्फ वाटर बैंकको रुपमा रहेको महाभारत पहाड खलबलिने , पानीका मुहान सुक्ने , बन बिनास हुने र जिल्ला नै सुक्खा बन्ने भन्दै स्थानीयले चुनढुङगा उत्खन्नको विरोध गरेका हुन ।

ज्ञापनपत्र बुझाउनु अघि गाउमा स्थानीयहरुको बृहत भेला गरि चुन ढुङ्गा उत्खनन हुन नदिनको लागि भएको निर्णय प्रतिलिपी पनि ज्ञापनपत्र साथै बुझाइएको छ । ज्ञापनपत्रमा संघर्स समितिका अध्यक्ष सोभाराम ओली र सचिब बुद्धिराम खत्रीको हस्ताक्षर रहेको छ । ज्ञापनपत्र बुझाउदा राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्य, सदस्य खडानन्द खनाल र अखिल छैठौं का जिल्ला सदस्य लक्ष्मण बिकको पनि उपस्थिति रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*