Home / Feature Breaking news / दाङमा एक बर्षमा दुई सय बढिले आत्महत्या

दाङमा एक बर्षमा दुई सय बढिले आत्महत्या

जनक वली

दाङ,२१ साउन । दाङमा आत्महत्या गर्नेहरुको संङख्या बर्सेनी बढ्दै गएको छ । गतआर्थिक बर्ष २०७५×७६मा दाङमा आत्माहत्या गर्न मानिसको संख्या बृद्धि भएको छ । गतआर्थिक बर्ष साउनदेखि देखि असार मसान्तसम्ममा दाङ २ सय ९ जनाले आत्माहत्या गरेका छन ।

जिल्ला प्रहरी कार्यलय दाङका अनुसार जसमा विष खाएर ७७ जनाले आत्महत्या गरेका छन । जसमा मध्य ३१ जना पुरुष र ४६ जना महिलाहरु रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक राजन गौतमले जानकरी दिए ।
प्रहरी निरिक्षक गौतमका अनुसार गतबर्ष सवैभन्दा धेरै झुन्डिएर १ सय ३२ जनाले आत्महत्या गरेका छन । झुण्डिएर मर्नेमा ३४ पुरुष र ९८ जना महिला रहेका छन । आत्माहत्या गर्ने मध्य पुरुष ६५ जना र महिला १ सय ४४ जना रहेको प्रहरीले जानकारी दिएको छ । २०७४–०७५ मा आत्माहत्या गर्ने मानिसको संख्या १ सय ८३ जना रहेको थियो । जुन सख्या यो बर्ष करिव दोव्वर वृद्धि भएको छ ।

जिल्ला प्रहरी कार्यलय दाङका अनुसार घरझण्डा, मानसिक तनाव, अशिक्षा , गरिबी , पे्रममा असफललगायतका कारणले मानिसहरुले आत्माहत्याको गर्ने गरेको प्रहरी नायव निरिक्षक गौतमले जानकारी दिए । आत्महत्यालाई निरुत्साहित गर्नका लागि सचेतनामुलक कार्यक्रमहरु हुन आवश्यक रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*