Home / समाचार / त्रिसिद्देश्वरि राप्ती यातायात प्रालिकाे व्यवसायिक भेला

त्रिसिद्देश्वरि राप्ती यातायात प्रालिकाे व्यवसायिक भेला

शरद रेग्मी
दाङ, १९ साउन
२०/४१ सालमा स्थापना भएको राप्ती बस समिति रुपान्तरित त्रिसिद्देश्वरि राप्ती यातायात प्रालिले विभिन्न एजेन्डामा ब्यबसायिक भेला तुलसिपुरकाे केन्द्रीय कार्यालयमा सम्पन्न गरेको छ ।
प्रािलका अध्यक्ष सुरेश हमालकाे अध्यक्षतामा भएको भेलाले नयाँ अार्थिक बर्षकाे सुरुवात सङै विभिन्न स्थानहरुमा क्यु थप्दै स्तरिय सेवा सञ्चालन गर्ने निर्णय गरेको छ ।
प्रालिले नियमितरुपमा अाफ्ना यातायातका साधनहरुमा अनुगमन,अाफ्ना सवारी साधन चेकजाँच गर्ने र यात्रुहरुसङग सुझाव सङकलन गर्ने समेत निर्णय गरेको छ ।
त्यसै गरि काठमाडौ र भारतका विभिन्न शहरहरुमा सञ्चालन भएका एसि र डिलक्स बसहरुमा स्तरिय सेवा प्रदान गर्न कार्यदल गठन गरिएको छ ।
ब्यबसायिक भेलामा बाेल्ने बक्ताहरुले चाडपर्वमा यात्रुहरूको माग बढने हुदा कम्पनीले समयमै उचित ब्यबस्थापन गर्न समेत अनुरोध गरेका छन । ब्यबसायिक भेलामा उनिहरुले स्तरीय सेवा प्रदान गर्न अाफुहरु कटिबद्ध रहेको समेत जनाएका थिय ।
त्यसैगरि अाजै बसेकाे बैठकले सबै रुटहरुमा अनिवार्य रुपमा बस सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले भदौ १ गतेदेखि सार्वजनिक यातायातमा केही परिवर्तन देखिने गरि काम अगाडि बढाउन विभिन्न उपसमितिहरु लाई जिम्मेवार थप गरिएको छ ।
बैठकले दुर्घटना बिमा,कर्मचारी ब्यबस्थापन सङै अाफ्नाे कम्पनीको छुट्टै पहिचान स्थापित गर्न सबै श्राेत र साधनको परिचालन गर्ने समेत निर्णय गरेको छ ।
बैठकले कम्पनी एेन अनुरुप कार्यसमितिको ब्यबस्थापन गरिएको छ भने सल्लाहकारहरु समेत चयन गरिएको छ ।
बैठकले भारतकाे विभिन्न स्थानमा एसि बस सञ्चालन गर्ने क्रममा भदौकाे दाेश्रो सातादेखि गाेवा सम्म बस सञ्चालन गर्नेक्रममा भिमसेन लहरेलाई जिम्मेवारी दिने समेत निर्णय गरेको छ ।
बैठकले देबिबहादुर डिसि,नेत्रमणि लामिछाने ,प्रेमबहादुर बस्नेत ,बिष्णु पाण्डे ,खडग बहादुर बुढाथोकी,भरतराज श्रेष्ठ ,र पुस्पराज गिरिलाई प्रालिकाे सल्लाहकारमा चयन गरेको प्रसाशनिक सयाेजक नारायण प्रसाद न्याैपानेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*