Home / Feature Breaking news / तुलसीपुरमा छाडा चौपाया व्यवस्थापन सुरु

तुलसीपुरमा छाडा चौपाया व्यवस्थापन सुरु

तुलसीपुर,१४ साउन । तुलसीपुर उपमहानगरपालिकाले छाडा चौपायाको व्यवस्थापनको काम सुरु गरेको छ। विभिन्न स्थानीय तहका लागि जटिल वन्दै गएको छाडा गाई व्यवस्थापन गर्न तुलसीपुरमा गौ संरक्षण समिति गठन गरेर व्यवस्थापन गर्न सुरु गरिएको हो।

छाडा गाई व्यवस्थापनको प्रयास स्वरुप उपमहानगरपालिकाले पहिलो चरणमा १ सय २५ वटा गाई तुलसी गौ संरक्षण सहकारी संस्थालाई हस्तान्तरण गरेको छ। उक्त गाई गौशालाका अध्यक्ष मोहन भण्डारीले गाई वुझेका थिए।

गाईलाई व्यवस्थापन गरेर त्यसलाई उद्यमशिलतासँग जोड्ने गरी सहकारीले काम अगाडि वढाएको छ। अध्यक्ष भण्डारीले फूलबारीमा रहेको गौशाला निर्माणको काम भइरहेकोले अहिले गौलौरामा रहेको गौशालामा व्यवस्थापन गरिएको वताए। गौशाला निर्माणसँगै त्यसलाई कसरी व्यवसायिक वनाउने भन्ने वारेमा तयारी भइरहेको भण्डारीले बताए। ‘लक्ष्मी पुजाको दिन सबै गाईहरुको व्यवस्थापन गर्ने गरी काम भइरहेको छ,’ अध्यक्ष भण्डारीले भने, ‘यसका लागि अहिले काम भैरहेको छ।’

तुलसीपुर क्षेत्रका छाडा गाई हस्तान्तरण गर्दै नगरप्रमुख घनश्याम पाण्डेले गाई व्यवस्थापन सुरु भएकोमा खुसी व्यक्त गरे। उनले सहकारी र उद्यमसँग जोडेर छाडा चौपाया नियन्त्रणका लागि पहल गरिने वताए। कुनै एक स्थानीय तहले मात्रै काम गरेर छाडा गाई नियन्त्रण हुन नसक्ने वताउँदै सबै स्थानीय तहले यसबारेमा गम्भीरतापूर्वक काम अगाडि बढाउन आवश्यक रहेको धारणा राखे। ‘हरेक स्थानीय तहले गाईहरुलाई ट्यागिङ्ग गर्नुपर्दछ। अनि मात्रै यसको नियन्त्रण सम्भव हुन्छ ’ पाण्डेको भनाई थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*