Home / Feature Breaking news / घाेराही १५ काे कृषी हाटबजारमा भवन र टहराकाे उद्घाटन

घाेराही १५ काे कृषी हाटबजारमा भवन र टहराकाे उद्घाटन

घाेराही, १३ साउन

घाेराही उपमहानगरपालिका वडा नम्बर १५ मा कृषि हाटबजार निर्माण गरिएकाे छ । केन्द्रीय सरकार र घाेराही उपमहानगरपालिकाकाे लगानीमा घाेराही १५ काे अमृत टाेलमा निर्माण गरिएकाे कृषि हाटबजारकाे साेमवार उद्घाटन गरिएकाे हाे ।

बजारमा निर्माण भएका टहरा एवं भवनकाे घाेराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेयले उद्घाटन गर्नुभएकाे हाे ।

हाट बजारकाे उद्घाटन गर्दै पाण्डेले यसकाे स्तरउन्नति गर्दै लैजाने बताउनुभयाे । हाट बजारमा स्थाई रूपमा केही पसलहरू र गाँउबाट किसानहरूले विहानकाे समयमा बेच्न ल्याउने किसानहरू बस्ने बताउनुभयाे । तरकारी व्यवसायीहरूले सरसफाई लगायत ग्राहकहरूकाे माग अनुसार कार्य गर्न अनुराेध पनि गर्नुभयाे ।

५३ लाख ३५ हजार २ सय ३८ रूपैयाकाे लगानीमा हाट बजारमा ३७ वटा निर्माण गरिएकाे हाे ।

20190729_101429

हाट बजार निर्माण उपभाेक्ता समितिका केशवराज ढकालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा घाेराही उपमहानगरपालिका वडा नम्बर १५ का सदस्य एवं कृषि हाट बजार व्यवस्थापन समितिका संयाेजक दिलीप डिसी, अमृत टाेल विकास संस्थाका अध्यक्ष तुलसा बस्नेतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।

उपभाेक्ता समितिका काेषाध्यक्ष विश्वमाया शाहकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजिकरण उपभाेक्ता समितिका सचिव नेत्रप्रकाश पाण्डेले गर्नुभएकाे थियाे ।

बजारकाे चाेकचाेकमा खुल्ला रूपमा हुने तरकारी पसलहरूलाई व्यवस्थित गर्नकालागी २०७४ भदाैबाट अमृत टाेलमा हाटबजारकाे रूपमा सुरू गरिएकाे थियाे । जसलाई व्यवस्थित गर्नकालागी टहराहरू निर्माण गरिएकाे कृषी हाटबजार व्यवस्थापन समितिका सचिव सुरेश केसीले जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*