Home / Feature Breaking news / दाङमा एक बर्षमा २३ सय १६ युनिट ब्लड संकलन

दाङमा एक बर्षमा २३ सय १६ युनिट ब्लड संकलन

लिलाधर वली
दाङ, १३ साउन । दाङमा एक बर्षको अवधिमा दुई हजार तीन सय १६ युनिट ब्लड संकलन भएको छ । रक्त सञ्चार केन्द्र घोराहीद्धारा सञ्चालिक व्लड बैंकमा गतबर्षको साउनदेखि हालसम्म दुई हजार तीन सय १६ जना मानिसवाट उक्त ब्लड संकलन भएको हो ।

ब्लड दिनेमा सवैभन्दा धेरै पुरुषहरु रहेका छन । एक हजार आठ सय ८० पटक पुरुष र चार सय ३६ पटक महिलाहरुले रक्तदान गरेको रक्त सञ्चार केन्द्र घोराहीका प्राविधिक ठाकुर पौडेलले जानकारी दिए । पौडेलका अनुसार पुरुषहरुवाट सवैभन्दा धेरै ब्लड ‘बि’ पोजिटिभ ६ सय १२ युनिट युनिट संकलन भएको छ ।

‘बि’ पोजिटिभको ब्लड प्राय मानिसहरुमा हुने र माग पनि धेरै हुने भएकाले संकलन पनि धेरै हुने गरेको बताए ।
त्यस्तै ‘ओ’ पोजिटिभ ५ सय ९८ युनिट, ‘ए’ पोजिटिभ चार सय ४१ युनिट र ‘एबी’ पोजिटिभ १ सय ७७ पटक महिलाहरुले रक्तदान गरेका छन । त्यस्तै ‘ए’ नेगेटिभ व्लड दश युनिट,‘ओ’ नेगेटिभ १७ युनिट, ‘बी’ नेगेटिभ व्लड १८ युनिट र ‘एबी’ नेगेटिभ ७ युनिट संकलन भएको प्राविधिक पौडेलले जानकारी दिए ।

व्लड बैक घोराहीमा महिलाहरुवाट ‘ए’ पोजिटिभ १ सय १२ युनिट, ‘बी’ पोजिटिभ १ सय ३१ युनिट, ‘ओ’ पोजिटिभ १ सय ४१ र ‘एबी’ पोजिटिभ ४३ युनिट एक बर्षमा संकलन भएको छ । त्यसैगरी ‘ए’ नेगेटिभ २ युनिट, ‘बी’ नेगेटिभ ३ युनिट र ‘ओ’ नेगेटिभ ४ युनिट संकलन भएको थियो । पुरुषहरुको तुलनामा महिलाहरुवाट कम व्लड संकलन हुने भएपनि व्लड खपतका हिसावले महिलाहरु बढि हुने गरेको समेत पौडेल बताउँछन ।
जसमा पुरुष भोलेन्टिअर रक्तदाता एक हजार चा र सय ७३ जना र महिला भोलेन्टिअर रक्तदाता संख्या तीन सय ६६ जना रहेका छन ।

त्यस्तै त्यस्तै रिप्लेस रक्तदान पुरुष चार सय ७ जना र महिला ७० जना रहेका छन । दुई हजार तीन सय १६ जना रक्तदाताहरु मध्य १८–२५ उमेर समूहका नौ सय ८१ जना, २६–४० उमेर समूहका एक हजार एक सय २५ जना र ४१–६० उमेर समूहका दुई सय ८ जना रक्तदाता रहेका छन ।

व्लड बैंकमा संकलन भएको व्लड सरकारी अस्पतालमा एक हजार आठ सय १८ युनिट र निजी हस्पीटलमा चार सय ६३ युनिट व्लड खपत भएको प्राविधिक पौडेलले जानकारी दिए । पछिल्लो समय दिनप्रतिदिन जिल्लामा व्लडको माग बढ्दै गएको समेत पौडेलले बताए ।

यो बर्ष ६३ वटा सस्थाहरुले रक्तदान कार्यक्रम गरेर व्लड दिएका छन । व्लड बैंकमा संकलन भएको व्लड घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पताल, देउखुरीमा रहेको लमही अस्पतालसँगै दिपज्योति हस्पटील, गोर्खा हस्पीटललगायतका जिल्लाका अस्पतालहरुमा व्लड जाने गरेको छ । त्यस्तै बाहिरका अस्पतालवाट माग हुदा बुटवल र नेपालगंजका अस्पतालहरुमा समेत पठाउने गरेको पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*