Home / Feature Breaking news / घोराहीको सडक रिसिलिङः छानविन समितिले प्रतिवेदन तयार पार्दै

घोराहीको सडक रिसिलिङः छानविन समितिले प्रतिवेदन तयार पार्दै

अमरराज आचार्य
दाङ,१० साउन । घोराही उपमहानगरपालिकाले सडक मर्मत (रिसिलिङ) र कालोपत्रेको काम गुणस्तरहिन भएको नागरिको व्यापक गुनासोपछि गठित छानविन समितिले आफनो प्रतिवेदनको काम अन्तिम चरणमा पुगेको जनाएको छ । उपमहानगरको कार्यपालिकाको बैठकले उपमहानगरपालिका प्रवक्ता भरतमणि अर्यालको संयोजकत्वमा तिन सदस्यीय छानविन समिति गठन गरेको थियो । एक साताभित्र अनुगमनको प्रतिवेदन तयार पार्ने बताएपनि अझै प्रतिवेदनको काम सकिएको छैन ।

समितिका संयोजक तथा घोराही उप महानगरपालिकाका प्रवक्ता अर्यालले छानविनको प्रतिवेदन अन्तीम चरणमा पुगेको दावि गरे । ‘हामीले १÷२ दिन भित्रमा प्रतिवेदन वुझाउने छौ’ संयोजक अर्यालले भने ‘ त्यो अुनसार समितिले तयारी गरेको छ ।’ उनका अुनसार प्राविधिकहरुको सहयोग लिएर अध्ययन र छानविन गरेको बताएपनि प्रतिवेदनमा के छ भन्नेमा केही भन्न चाहेनन् । ‘फिल्डको काम गकिएको र अव प्रतिवेदनलाई अन्तिम रुप दिइने छ’ उनले भने । जिल्लामा ल्यावट टेष्टको सुविधा नहुदा समस्या भएको अर्यालले बताए ।

नगर क्षेत्र भित्र भएका विकास निर्माणका कामहरु गुणस्तर हिन भएको व्यापक जन गुनासो आए पछि नगरपालिकाले अर्याललको संयोजकत्वमा छानविन समिति गठन गरेको र सदस्यमा वडा नं १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डे र वडा नं १४ का वडा अध्यक्ष शक्तिराम डाँगी थिए । गुणस्तरहिन काम भएको भन्दै नागरिकहरुले घोराही वजारमा छरी समेत उठाएर विरोध गरेका थिए ।

बजार क्षेत्रको मुख्य सडक गुलरियापार्कदेखि तुलसीपुरचोक, दामोदरचोक, बैक रोड, शहिदगेटदेखि नेपाल बैक लिमेटडसम्मको ६ कि.मी सडक रिसिलिङ प्रविधिमार्फत काम गर्नको लागि सडक वोर्डको ७० प्रतिशत र घोराही उपमहनगरपालिकाको ३० प्रतिशत गरेर १ करोड २१ लाख रुपैयाँको बजेटमा वस्र्टन डेभलपमेन्ट निर्माण कम्पनीले ७१ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

कम्पनीले चालु खर्च बार्फत ७१ लाखको १० प्रतिशत रकम भुक्तानी पाएको छ । जनताबाट काम गुणस्तरहिन भएको गुनासो आएपछि काम रोक्नुको साथै सडकमा राखिएको छरि उठाउने काम भएको थियो ।

फाइल फोटो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*