Home / Feature Breaking news / अपरिचित विदेशी नम्बरहरूबाट आएको फोन नउठाउनुहोस्- नेपाल दुरसञ्चार प्राधिकरण

अपरिचित विदेशी नम्बरहरूबाट आएको फोन नउठाउनुहोस्- नेपाल दुरसञ्चार प्राधिकरण

काठमाडौँ, ९ साउन
नेपाल दुरसञ्चार प्राधिकरणले विदेशी अपरिचित नम्बरहरूबाट आउने फोन नउठाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

विदेशका अपरिचित नम्बरहरूबाट नेपालका मोबाइल र टेलिफोनमा बारम्बार फोन र मिस्डकल आउने समस्या देखिएपछि दुरसञ्चार प्राधिकरणले बिहीबार सार्वजनिक सूचना जारी गरेको छ।

‘त्यस्ता अपरिचित नम्बरहरूबाट आउने कलहरू नउठाउन तथा कलब्याक  नगर्न र त्यस्ता नम्बरहरूबाट फोनकल आएको खण्डमा प्राधिकरणलाई जानकारी गराउनुहुन सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध गरिएको  छ,’ प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ।

पछिल्लो समय विदेशका अपरिचित नम्बरहरूबाट फोन आउन थालेपछि मोबाइल प्रयोगकर्ताहरूले हैरानी बेहोरेका छन्। कतिले त ति फोनमा रिप्लाई गरेर ठगिने गरेका छन्।

विदेशका अपरिचित नम्बरबाट फोन आउने समस्यामा आफ्नो ध्यानाकर्षण भएको भन्दै प्राधिकरणले यसको रोकथामको पहल गरिसकेको सूचनामा जनाएको छ।

‘दूरसञ्चार सेवा प्रदायकहरूलाई यसको रोकथामको लागि आबवश्यक व्यवस्था गर्न निर्देशनसमेत दिएको छ,’ प्राधिकरणको सूचनामा भनिएको छ।

सेतोपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*