Home / Feature Breaking news / गुल्मीको लिम्घामा पहिरो, तीन घर पुरिँदा ६ जनाको मृत्यु, नाै वेपत्ता

गुल्मीको लिम्घामा पहिरो, तीन घर पुरिँदा ६ जनाको मृत्यु, नाै वेपत्ता

कृष्ण मल्‍ल
बुटवल, ७ साउन

गुल्मीको सत्यवती गाउँपालिका विभिन्‍न वडामा गएराति पहिरोले घर पुरिँदा ६ जनाको ज्यान गएको छ भने नौ जना वेपक्ता भएका छन् ।

साविकको लिम्घा गाविस लिम्घा गाउँको उत्तरतर्फ रहेको भिरकुनामा गएराति पहिरोले तीन घर पुरेको हो। पहिरोले चन्द्र बिक, धनबहादुर विक र चन्द्र बिकको घर पुरेको उद्दारमा खटिएका स्थानीय सुरज शाही (सुमन) ले बताए। उनले त्यहाँ रहेको भिरकुना, आरनटोला र भाडीटोला गरी तीन गाउँ पहिरोको जोखिममा रहेको जानकारी दिए। तीन गाउँमा करिब १ सय ५० घर रहेको उनले बताए।

उनका अनुसार अहिलेसम्म चार जनको शब निकालिएको छ। १ महिला, २ बालबालिका र एक अर्को व्यक्ति चिनिन नसक्ने अवस्थामा छन्। ज्यान जानेको नाम खुलेको छैन्।

तीन घर पुरिएकोमा पाँच जना अझै बेपक्ता रहेका अर्का स्थानीय शिवनारायण ज्ञवालीले जनाए। वर्षाका कारण सडक बिग्रीदा सत्यवतीको खैरेनीमा रहेका प्रहरीहरू घटनास्थलतर्फ पैदल आइहेको जानकारी आएको उनले बताए।

यस्तै सत्यवती गाउँपालिकाकै वडा नं. ३ लुम्पेकको कसिनथला गाउँमा पनि पहिराेले एक घर पुरेको छ। पहिरोमा परी आमा छोरासहित दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३४ वर्षकी तिलकुमारी तरामु मगर र  उनका छोरा नाै वर्षका दर्शन तरामु मगर रहेको वडा नं. ३ का अध्यक्ष रुकबहादुर रानाले बताए।

यसैगरी उक्त वडाको सिङडी गाउँमा पनि पहिरोमा परी एक घर पुरिँदा चार जना वोपत्ता रहेको उनले जानकारी दिए।

नेपाल न्यूजबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*