Home / Feature Breaking news / पोखरीमा डुवेर तीन जनाको मृत्यु
सांकेतिक तस्वीर

पोखरीमा डुवेर तीन जनाको मृत्यु

दाङ,५ साउन । दाङको घोराहीमा नुहाउने क्रममा खोलामा डुवेर तीन जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१८ कटुवाखोलाको छेउमा खनिएको पोखरीमा नुहाउने क्रममा डुबेर तीन जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१८ सालघारी निवासी १६ बर्षीया अमृता बिक, सोही ठाउँ निवासी १९ बर्षीया झरना बिक र घोराही उपमहानगरपालिका–१८ अम्वापुर निवासी १९ बर्षीया बसन्ता बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक बिनोदविक्रम शाहले जानकारी दिए ।

खेतमा रोपाइ सकेर नुहाउने क्रममा खाडलमा डुवेका थिए । पोखरीवाट उद्धार गरि उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो । प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*