देवेन्द्र बस्नेत
दाङ,३ साउन । बजार तताउने सोँचले ब्याप्त नेपाली संगीतको मौलिकता गुम्ने होकि भन्ने प्रश्न संगीत बजारमा उब्जि रहेकै छन् । नेपाली संगीतमा ब्याप्त ‘कपिराईट’ मुद्धाले पनि नेपाली संगितको पुरानो मौलिकता गुम्दै गएको ‘लख’ नेपाली संगीत क्षेत्रका अग्रजहरुले काटिरहेका पनि छन् ।
पछिल्लो समय चाड पर्व विशेष नेपाली गीत संगीतमा पनि यो बिकृत रंग देखा पर्न थालिसकेको छ । अँझ भनौ चाड पर्वसंग विशेष महत्व राख्ने तीज गीतमा पनि पुरानो मौलिकता ह्रास हुँदै गएको पाईन्छ । तीज पर्व नजिकिम्दै गर्दा तीज गीतहरु पनि धमाधम संगीत बजारमा छाउन थालिसकेका छन् ।
अहिलेका तीज गीत लोकदोहोरी की रत्यौली ? अग्रजहरुले प्रश्न तेस्र्याईरहेका छन् । तीज पर्वको मौलिकतासंग जोडिने बिरलै गीतहरुले मात्रै तीजको यथार्थपरक भावलाई गाएका हुन्छन् । त्यहि मध्यको एक गीत भर्खरै मात्रै सार्वजनिक भएको छ ‘शिरफूल’ बोलको गीत । तीजपर्वको पुरानो मौलिक भाकामा दिदी बहिनीको प्रेमील शब्दलाई उनेर तयार पारिएको यो गीत तीजको मौलिकतासंग जोडिएको छ ।
स्वरमा माधुर्यता । लोकदोहोरी गायनमा ‘फिट’ ईन्दिरा गैरे । लोकदोहोरी गायनमा लामो समयदेखि आँफूलाई समर्पित गर्दै आएकी छिन् अर्घाखाँचीकी उनी । त्यसमापनि तीज पर्वको मौलिकतालाई टिपेर तीज गायनमा आँफूलाई तिरन्तरता दिँदै आएकी ईन्दिराकै गायनमा रहेको छ ‘शिरफूल’ गीत । उनलाई साथ दिएकी छिन् अर्की गायिका सम्झना लामिछाने मगरले । तीजमा माईतमा भेटिएका दुई दिदीबहिनीको अघाथ प्रेम साटासाटलाई यो गीतका माध्यमबाट उजार गरिएको छ ।
दिदीले बहिनीलाई र बहिनीले दिदीको गुनगान राम्रैसंग गाएको यो गीतले तीजमा माईत जाने चेलीहरुको खुशीयालीलाई मज्जाले उजागर गरिदिएको छ । ‘तीज पर्वको पुरानो मुल्य र मान्यतालाई हामीले बिर्सनु हुन्न,यो पर्वको विशेषतासंग जोडिएको गीतसंगितलाई पनि पर्वको मौलकतासंग जोड्नु पर्छ,’गायिका ईन्दिराले भनिन् ‘त्यहि मौलिकलाई बचाउ गर्दै दिदी बहिनीको अगाध प्रेमलाई यो गीतमा जोड्न खोजिएको हो ।’
तीजको पुरानो मौलिक भाकामा दुई दिदीबहिनीले एक अर्काको प्रसंशा बटुलिएको यो गीतका सर्जग शरद पाण्डे हुन् । दाङका पाण्डेले यो गीतको शब्दसंगै लय समेत तयार पारेका हुन् । केहि समय यता गीत संकलनमा आँफूलाई अब्बल सावित गर्दै गएका उनले यसअघि पनि गीतहरु सार्वजनिक गरिसकेका छन् ।
गीत गायनसंगै गीतको भिडियो समेत उत्कृष्ट बनेको छ । गीतको भिडियोमा अहिलेकी चर्चित मोडल अञ्जली अधिकारीले उत्कृष्ट नृत्य प्रस्तुत गरेकि छिन् । भिडियोको निर्देशन काजिश श्रेष्ठले गरेका हुन् ।
(भिडियो हेर्नलाई यहाँ क्लिक गर्नुहोस )