Home / Feature Breaking news / तिलोत्तमामा राखिएका बुद्ध मूर्ति तोडफोड

तिलोत्तमामा राखिएका बुद्ध मूर्ति तोडफोड

बुटवल,२ साउन । बुटवल–बेलहिया सडक खण्डको बीच भागमा राखिएका बुद्धमूर्ति तोडफोड भएका छन् । ६ लेन सडकअन्तर्गत शंकरनगर चोकदेखि नयाँमिल खण्डमा राखिएका पाँच वटा बुद्धमूर्ति कामै नलाग्ने गरी तोडफोड भएका हुन् । केही बुद्धमूर्ति सडकमै ल्याएर फ्याँकिएको छ ।

बुधबार साँझसम्म ठीकठाक अवस्थामा रहेका मूर्ति बिहीबार बिहान तोडफोड भएको अवस्थामा भेटिएको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए । मूर्तिहरु कसले र किन फुटायो भन्ने अहिलेसम्म खुलेको छैन ।
नगर प्रमुख घिमिरेले बुद्धमूर्ति तोडफोडले नगरपालिकालाई स्तब्ध बनाएको बताए । ‘विकास विरोधी वा अन्य कुत्सित उद्देश्यसहित योजनाबद्ध ढंगले गाडीसहित समूहमा आएर तोडफोड गरिएको देखिन्छ,’ घिमिरेले भने, ‘शान्ति सुरक्षासँग पनि जोडिएको विषय भएकाले सुरक्षा निकायले गम्भीरतापूर्वक अनुसन्धान गरेर दोषीलाई कानूनी कारवाही गरोस् ।’

तिलोत्तमा नगरपालिकाले सडकको सौन्दर्य बढाउन र बुद्ध जन्मस्थल लुम्बिनीको पहिचान दिन ६ लेन सडकको बीच डिभाइडरमा योगिकुटीदेखि मंगलापुरसम्म बुद्धका मूर्ति राखेको थियो । ६ लेन सडकको डिभाइडरमा तीनसय मिटर दुरीको फरकमा बुद्ध मूर्ति छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*