Home / Feature Breaking news / खुकुरी प्रहार घटनामा संलग्‍न ६ जना पक्राउ

खुकुरी प्रहार घटनामा संलग्‍न ६ जना पक्राउ

दाङ,२९ असार । तुलसीपुर–११ जसपुरको जनबहार चोकमा भएको खुकुरी प्रहार घट्नामा संलग्न छ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिवार खुकुरी प्रहार गरी युवकको ज्यान गएपछि प्रहरीले घटनामा संलग्न ६ जना व्यक्तिलाई पक्राउ गरेको छ।

प्रहरीले शनिबार २ जना र आइतबार चार जना गरी ६ जना अभियुक्तहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले तुलसीपुर–१८ दुधरास निवासी २२ बर्षीय सौरभ मल्ल, वडा नं. ६ निवासी १९ बर्षीय शुभम् शर्मा, वडा नंं. १२ कपडादेवी निवासी २४ वर्षीय तेजेश पुनमगर, वडा नं. ११ बेलटाकुरा निवासी २२ बर्षका रमेश केसी, २० वर्षका अमृत वली र २२ बर्षका भरत शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक विनोद विक्रम शाहले जानकारी दिएका छन ।

पक्राउ परेका अभियुक्तहरुलाई कर्तव्य ज्यान मुद्धा दर्ता गरि थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरिक्षक शाहले जानकारी दिए । घट्नाका मुख्य योजनाकार तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ निवासी बिक्की सिंह ठकुरी फरार रहेका छन ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ जनबहार चोकमा शनिवार खुकुरी प्रहार गर्दा सोही ठाउँ निवासी २२ वर्षीय रामबहादुर वली गम्भीर घाइते भएका थिए । घाइते वलीलाई तुलसीपुरमा रहेका राप्ती प्रादेशिक अस्पतालमा प्राथमिक उपचार गरि थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको थियो । त्यस उपचार सम्भव नभएपछि थप उपचारका लागि लखनउ लैजादै गर्दा वलीको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*