Home / Feature Breaking news / ‘चुरे संरक्षणको लागि योजना बनाउन आवश्यक’

‘चुरे संरक्षणको लागि योजना बनाउन आवश्यक’

लमही,२८ असार । जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले चुरे संरक्षणको लागि योजना बनाएर काम गर्न वन डिभिजन कार्यालय देउखुरीलाई सुझाव दिएका छन् । वन डिभिजन कार्यालय देउखुरीले सनिवार गरेको वार्षिक समीक्षा कार्यक्रमलाई संवोधन गर्दै उनले यस्तो सुझाव दिएका हुन ।

जिल्ला वन क्षेत्र समन्वय समितिका संयोजक समेत रहेका प्रमुख नेपालीले चुरे क्षेत्रमा भैराखेको चोरी निकासी, आगलागी र दोहनले चुरे नै संकटतिर उन्मुख भएको भन्दै त्यसलाई रोक्न दिर्घकालीन र तत्कालिन योजना बनाएर काम गर्नु पर्ने बताए । ‘चुरे क्षेत्रको संरक्षण गर्न सकिएन भने धेरै समस्या देखा पर्ने छन’ प्रमुख नेपालीले भने ‘ त्यसको लागि स्थानीय सरकारसँग समन्वय गरेर अघि बढन आवश्यक छ ।’ चुरे क्षेत्रका खाली जग्गामा वृक्षा रोपणका कार्यक्रम पनि अघि बढाउन उनको सुझाव थियो ।

कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख शंकर प्रसाद गुप्ताले डिभिजन वन कार्यालयले वर्षभरीमा गरेको प्रगतिको बारेमा जानकारी गराएका थिए । उनले डिभिजन वनले वार्षिक योजना अुनसार लक्ष्य प्राप्ति गरेको बताए । डिभिजन वनले संघिय सरकार र प्रदेश सरकारवाट प्राप्त रकममा ८० प्रतिशत भन्दा धेरै रकम खर्च गरेको छ । ‘चालु आर्थिक वर्षमा विनियोजन गरेको अधिकास बजेट र योजनामा काम पुरा भएको छ ’ डिभिजन प्रमुख गप्ताले भने । उनका अनुसार चालु वर्षमा पोखरी निर्माण, वृक्षा रोपण, वन व्यवस्थापन, नर्सरी स्थापना लगायतका विभिन्न क्षेत्रमा काम भएको छ ।

जिल्ला वन क्षेत्र समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख नेपालीलेको अध्यक्षतामा भएको कार्यक्रममा लमही नगरपालिका प्रमुख कुलबहादुर केसी, राप्ती गाउँपालिका प्रमुख नुमानन्द सुवेदी, गढवा गाउँपालिकाका प्रमुख सहजराम यादव, राजपुर गाउँपालिका प्रमुख लोकराज केसी, प्रदेश वन मन्त्रालयका शेषदत्त चौधरी, वातावरण संरक्षण समिति गढवाका उमाकान्त पन्त, विभिन्न सामुदायिक वनका प्रतिनिधि र पत्रकारहरुको लगायतको सहभागिता थियो ।

कार्यक्रममा निजी वन र सामुदायिक वनहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष लीला शाहले गरेकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*