Home / समाचार / इन्द्रेणी आईडल सिजन–२ को उपाधि एम्ब्रोस मगरलाई

इन्द्रेणी आईडल सिजन–२ को उपाधि एम्ब्रोस मगरलाई

घोराही,२८ असार । इन्द्रेणी आर्इडल सिजन–२ को उपाधि एम्ब्रोस मगरले जित्नु भएको छ । गत वर्षको चैत्रबाट शुरु भएको प्रतियोगितामा ५०औँ को सहभागिता रहेकोमा विभिन्न चरण पार गर्दै एम्ब्रोसले अन्य ४ प्रतिष्पर्धीलाई पछि पार्दै इन्द्रेणी आर्इडल सिजन २ को उपाधि जित्न सफल हुनु भएको हो । त्यस्तै, रिता घर्ती द्वितीय हुनु भएको छ ।

किरण विक तृतीय हुनु भएको छ भने अभिषेक बिक र सरीता बिक सान्त्वना हुनु भएको छ । प्रतियोगितामा उत्कृष्ट हुनु भएका एम्ब्रोस मगरले नगद ५० हजारसहित एउटा गीत रेकर्ड गर्ने अवसर पाउनु भएको छ । त्यस्तै दोश्रो हुने रिता घर्तीले नगद ३० हजार जित्नु भएको छ भने तेश्रो हुने किरण बिकले नगद २० हजार जित्नु भएको छ । स्थानीय स्तरमा रहेका प्रतिभा पहिचान गरी मूलधारमा ल्याउने उद्देश्यले जनआवाज टेलिभिजनको सहकार्यमा रेडियो इन्द्रेणी ९२।४ मेगाहर्जले आयोजना गरेको हो ।

रेडियो इन्द्रेणीका स्टेशन म्यानेजर देव यादवको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यतामा घोराहीको निमा चलचित्रमन्दिरमा भएको कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उद्धाटन गर्दै प्रमुख अतिथि पाण्डेले स्थानीय स्तर लुकेर बसेका प्रतिभा पहिचानमा रेडियो इन्द्रेणीले खेलेको भूमिका प्रति धन्यवाद दिँदै प्रतियोगीहरुको आगामी दिन र सांगितिक यात्राको सफलताको शुभकामना दिनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेलले दाङ संगीत, कला, साहित्यलगायत विभिन्न क्षेत्रमा अब्बल व्यक्ति उत्पादन गर्न सक्ने थलो भएकाले यस्ता खालका कार्यक्रमले पहिचान हुन नसकेका प्रतिभालाई बाहिर ल्याउन मद्दत पुग्ने बताउनु भयो ।

उहाँले प्रतियोगितामा जीत र हार स्वाभाविक भएपनि वास्तविक प्रतिष्पर्धा आफुसँगै गरेर अघि बढ्न प्रतियोगीहरुलाई सुझाव दिनुभयो । यस्तै, कार्यक्रममा घोराही उपमहानगर वडा नम्बर १३ का वडा अध्यक्ष रविलाल घर्ती, सर्जक लोकराज पराजुलीलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

ggg

उपाधिका लागि भएको अन्तिम प्रतियोगिताको निर्णायक भूमिका गीतसंगीत क्षेत्रका सर्जकहरु डा. गोविन्द आचार्य, आदिम केसी र देवकला बस्नेतले गर्नु भएको थियो ।
हलमा उपस्थित उल्लेख्य दर्शक तथा संगीत शुभेच्छुकहरुका बीच भएको प्रतियोगितामा गीतसंगीत क्षेत्र आवद्ध अन्य कलाकारहरुले पनि आफ्नो सांगितिक प्रस्तुति राख्नु भएको थियो ।

कार्यक्रममा गायक पिताम्बर रिजाल, देवेन्द्र बस्नेत, शालिकराम चौधरीलगायत सांगितीक प्रस्तुति राख्नुभएको थियो । कार्यक्रममा सहयोग पुर्याउनु हुने व्यक्तित्वहरुहरुलाई धन्यवाददिँदै प्रमाण पत्रसहितसम्मान गरिएको थियो । सुदन थापाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण आरके शीतल र समीक्षा सेर्पाइलीले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*