Home / Feature Breaking news / राप्तीमा पानीको सतह बढ्दा बोधिपुरमा एक घर डुवानमा,१२ जनालाई उद्धार

राप्तीमा पानीको सतह बढ्दा बोधिपुरमा एक घर डुवानमा,१२ जनालाई उद्धार

असार,२८ दाङ । लगागातारको बर्षादका कारण राप्ती नदिमा पानीको सतह बढ्दा देउखुरीमा एक घर डुवानमा परेको छ । देउखुरीको गढवा गाउँपालिका वडा नं. ५ बोधिपुर निवासी जगबहादुर वानमा परेका छन । डुवानमा परेपछि नेपाल प्रहरीलगायतका उद्धारकर्ताहरुले डुवान क्षेत्रवाट स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक बिनोदविक्रम शाहका अनुसार गढवा गाउँपालिका–५ बोधिपुर निवासी जगतराम चौधरीको दुई तले कच्चीघर डुवानमा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घर डुवानमा परेपछि प्रहरीले चौधरी घरवाट १२ जनालाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक बिनोदविक्रम शाहले जानकारी दिए । राप्तीमा पानीको सतह बढ्ने क्रम रहेपनि अन्य स्थानमा अहिलेसम्म क्षेती नभएको शाहले जानकारी दिए ।

बर्षादका राप्ती नदिमा पानीको सतह बढेपछि गढवा–लमही सडक खण्डमा सवारी साधान समेत चल्न सकेका छैनन् । खोलामा पानीको सतह बढेपछि हुन सक्ने सम्भावित खतरा रोक्नका लागि जिल्ला प्रहरी कार्यालय दाङले जिल्लाका नदि तथा खोलाहरुमा प्रहरी परिचालन गरेको छ ।

गहना खोलाले एक हजार कुखुरा बगायो

त्यस्तै बर्षादका कारण देउखुरीमा एक पोल्टीफर्ममा पालेका एक हजार कुखुरा बगाएको छ ।
राप्ती गाउँपालिका वडा नं.१ शान्तिपुर निवासी नेत्रप्रसाद खनालको पोल्ट्रीफर्मलाई गनाहा खोलाले बगाउँदा एक हजार बोइलर कुखुरासहित ६६ बोरा कुखुराको दाना खोलाले बगाएको प्रहरीले जनाएको छ । जसवाद करिव साढे चार लाख बराबरको क्षेती भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*