Home / Feature Breaking news / सालको काठसहित दुई जना पक्राउ

सालको काठसहित दुई जना पक्राउ

दाङ,२८ असार । दाङमा अबैधरुपमा सालको काठ काटेर निकासी गर्न लागेका दुई जनालाई ट्याक्टर र काठ सहित प्रहरीले नियन्त्रणमा लिएको छ । बर्षादको समयमा वनमा काठ काटि टेक्टरमा लोड गरिरहेको अवस्थामा दुई जनालाई पक्राउ गरेकाके हो ।

घोराही उपमहानगरपालिका–११ स्थित गणेशपुर मित्र सामुदायिक वन क्षेत्रमा अबैधरुपमा काठ काटेर निकासी हुन लागेको सूचनाका आधारमा प्रहरीले दुई जनालाई काठ र ट्याक्टरसहित नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. ११ निवासी २३ बर्षीय सौजन्य खनाल र सोही ठाउँ निवासी २८ बर्षीय रमन विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक बिनोदविक्रम शाहले जानकारी दिए ।

प्रहरीले दुई वटा साल काटी १० वटा गोलिया बनाएर लु १ त ९९२९ नम्बरको ट्याक्टरमा निकासी गर्न लागेको अबस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकालाई आवश्यक कारवार्हीका लागि डिभिजन वन कार्यालयलाई जिम्मा लगाउने भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*