Home / समाचार / शिक्षकहरुका लागि प्रवोधिकरण कार्यक्रम

शिक्षकहरुका लागि प्रवोधिकरण कार्यक्रम

दाङ, २७ असार । नेपाल शिक्षक संघ दाङले भोली शनिवार तुलसीपुरमा प्रवोधिकरण कार्यक्रम गर्ने भएको छ । कार्यक्रममा शैक्षिक सवाल, पेशागत समस्या, सांगठनिक संरचना, सदस्यता नविकरण, पदाधिकारीको दायित्व, कर्तब्य र अधिकार, प्रस्तावित शिक्षा ऐन लगायतका बारेमा प्रशिक्षण दिइने नेपाल शिक्षक संघ दाङका सचिव प्रकाश डाँगीले जानकारी दिए ।

संघका जिल्ला अध्यक्ष युवराज बस्नेत र सचिव प्रकाश डागीले शुक्रवार एक बिज्ञप्ति निकालेर भोली बिहान ११ बजेदेखि तुलसीपुर उद्योग बाणिज्य संघको सभाकक्षमा हुने उक्त कार्यक्रममा उपस्थितिका लागि नेपाल शिक्षक संघमा आवद्ध सवै शिक्षकहरुलाई अनुरोध गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*