Home / समाचार / वन कार्यालयद्धारा विरुवा वितरण शुरु

वन कार्यालयद्धारा विरुवा वितरण शुरु

दाङ, २७ असार । डिभिजन वन कार्यालय दाङले आज शुक्रबारदेखि बिरुवा बितरण शुरु गरेको छ । डिभिजन वन कार्यालय दाङले यो वर्ष निशुल्क बितरणका लागि करिब ३ लाख उत्पादन गरेको छ ।

खाली क्षेत्रमा बिरुवा लगाउनका लागि बन समूहहरु, बिधालयहरु, विभिन्न संघ सस्था,ब्यक्तिहरुलाइ समेत निशुल्क रुपमा बिरुवा बितरण शुरु गरिएको डिभिजन बन कार्यालयका डिभिजन बन अधिकृत दिपक ज्ञवालीले जानकारी दिनुभयो ।

बिरुवा आवश्यक परेकाहरुले तत्काल कार्यालयमा सम्पर्क गरि आवश्यक बिरुवा संरक्षण हुने गरि बृक्षरोपण गर्न डिभिजन वन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले आग्रह गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*