Home / Feature Breaking news / बाढीपहिरोका कारण देशभर ६ को मृत्यु

बाढीपहिरोका कारण देशभर ६ को मृत्यु

दााङ,२७ असार । अविरल वर्षाले देशका विभिन्न भागमा बाढी र पहिरोका कारण ६ जनाको मृत्यु भएको छ। अरु ६ जना बेपत्ता भएका छन् ।

गृहमन्त्रायका अनुसार काभ्रेमा दुई, ललितपुर, सिन्धुली, रामेछाप र पर्सामा एक– एक जनाको मृत्यु भएको छ। यस्तै पहिरोले खोटाङमा तीन जनालाई बेपत्ता बनाएको छ भने बाढीले बगाएका कारण मोरङ, सुनसरी र पाँचथरमा एकरएक जना बेपत्ता भएका छन्।

काभ्रेको बनेपास्थित नालामा पहिरोले घर भत्काउँदा एकै परिवारका दुईको मृत्यु भएको हो भने ३ जना घाइते भएका छन्। बिहान ११ बजे पहिरोले घर भत्किएपछि ५० वर्षीय गोमा दंगाल र ७ वर्षकी सोनीको मृत्यु भएको काभ्रे जिल्ला प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए। त्यस्तै घर माथिबाट आएको पहिरोका कारण ३ जना घाइते समेत भएको उनले बताए।

रामेछाप ५ मा गएको पहिरोका कारण ७० वर्षकी पदमकुमारी सुनुवारको मृत्यु भएको छ। उनलाई शक्रबार बिहान गोठमा भैँसी दोहिरहेको अवस्थामा पहिरोले पुरेपछि घटनास्थलमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसीले जानकारी दिइन्। साथै रामेछापका विभिन्न क्षेत्रमा पनि पहिरो गएको उनले बताइन्।

पाँचथरको मिक्लाजुङ गाउँपालिकास्थित खहरे नुवाखोलाले एक बालकलाई बगाएको छ । शुक्रबार बिहान ९ बजेतिर विद्यालय जाने क्रममा ९ वर्षे दिवन राईलाई खोलाले बगाएको हो। उनको इलाका प्रहरी तथा स्थानीयको सहयोगमा खोजी कार्य जारी रहेको छ।

बिहीबार मोरङको विराटनगरमा एक युवकलाई पनि खोलाले बगाएको छ। साँझ ५ बजेतिर उनलाई सानेपाखरी रङ्गेनी जानेबाटोमा पर्ने खोलाले बगाएको हो ।

त्स्तै उनको खोजी कार्य पनि जारी नै रहेको उनले बताए। ललितपुर र सिन्धुलीमा पहिरोका कारण एक–एक जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। बाढीका कारण सुनसरीमा एक जना बेपत्ता भएको र पर्सामा एक जना डुबेर मृत्यु भएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*