Home / समाचार / दाङमा लागुऔषधसहित चार जना पक्राउ

दाङमा लागुऔषधसहित चार जना पक्राउ

दाङ,२६ असार । दाङ प्रहरीले लागुऔषध मनोद्धिपक पदार्थसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले घोराही उपमहानगरपालिका वडा नं. १३ डुमरगाउँ स्थित इश्वरी थापाको घरमा डेरा गरि बस्नेत च्याङरा भन्ने हिक्मत रोकामगरसहित चार जनालाई पक्राउ गरेको हो ।

डेरा गरी बस्ने घरको सौचालयमा डाईजापाम र नुफिन लागुऔषध लकाई छिपाई राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक बिनोदविक्रम शाहले जानकारी दिए । प्रहरीले लुकाई राखेको डाईजापाम २ एम.एल. लेखेको १० थान र नुफिन २ एम.एल. लेखेको १० थान गरि जम्मा २० थान पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा न.ं १० घर निवासी २३ बर्षीय केशव डागी, रोल्पा जिल्ला साविक कुरेली–८ निवासी हाल घोराही–१३ मा बस्ने २२ बर्षीय रमेश बुढामगर र घोराही उपमहानगरपालिका वडा नं. १४ बस्ने २६ बर्षीय दामबहादुर पुन रहेका छन । पक्राउ परेका उपर लागुऔषध (नियन्त्र) ऐन २०३३ अनुसार मुद्धा दर्ता गरेर आवश्यक अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक शाहले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*