Home / खेलकुद / वडा स्तरिय फुटबल कपको उपाधी वडा न ११ लाई

वडा स्तरिय फुटबल कपको उपाधी वडा न ११ लाई

लक्ष्मण बस्नेत
तुलसीपुर, २२ असार । वडा स्तरिय फुटबल प्रतियोगिता २०७६ को उपाधी वडा ११ ले हात पारेको छ । तुलसीपुर उपमहानगरपालिका वडा न १० र ११ को सयुक्त आयोजनामा संचालित प्रतियोगितामा वडा न १० लाई ट्राईवेकरमा पाखा लगाउदै वडा न ११ ले उपाधी चुमेको हो ।

गौरिगाउँ खेल मैदानमा भएको कडा प्रतिस्पर्धात्म खेलको निर्धारित समयसम्म दुबै टिमबाट गोल हुन नसकेपछी खेलको नतिजा ट्राईवेकरबाट निकालिएको थियो ।
उपाधीसँगै उसले पुरस्कार स्वरुप खसी तथा कप,प्रमाणपत्र, मेडल हात पार्‍यो । प्रतियोगिताको समापन समारोह तुलसीपुर उपमहानगरपालिका वडा न १० का अध्यक्ष कुमार लामिछानेको अध्यक्षता एवं पुर्व सासद बुद्धिराम भण्डारीको प्रमुख आतिथ्य तथा नेपाली काग्रेसका क्षेत्रीय सभापती जगतबहादुर खड्काको बिशिस्ट आतिथ्यमा भएको थियो ।

वडा न ११ का अध्यक्ष चित्र बहादुर वलीको स्वागत रहेको कार्यक्रममा प्रमुख अतिथि बुद्धिराम भण्डारी, बिशिस्ट अतिथी जगतबहादुर खड्का, नेपाली काग्रेस नेता अर्जुन केसी, वडा न १० का वडा सभापती यमराज केसी, नेपाली काग्रेस क्षेत्रीय प्रतिनिधि होमप्रकाश गौतम, दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठ, खेलकुद पत्रकार मञ्च दाङका अध्यक्ष लक्ष्मण बस्नेतलगायतकाले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रमको संचालन वडा ११ का वडा सदस्य सुबास डागिले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*