Home / Feature Breaking news / दाङ उवासंघकाे विधान संशाेधन: कार्यसमिति २१ सदस्यीय हुने

दाङ उवासंघकाे विधान संशाेधन: कार्यसमिति २१ सदस्यीय हुने

घाेराही, २१ असार

दाङ जिल्ला उद्योग वाणिज्य संघको विधान संशोधन गरिएकाे छ ।

संघकाे शनिवार भएको विशेष साधारणसभाले सर्वसम्मत रुपमा विधान संशोधन गरेको हो । विधान संशोधन भएपछि २ प्रकारका सदस्य रहने भएका छन् ।

विशेष साधारण सभाले प्रारम्भिक सदस्य थप गरेकाे छ । जसलाई मताधिकारको अधिकार दिइने छैन । प्यान तथा भ्याटमा दर्ता भएका व्यवसायिहरुलाई मात्र मताधिकारको अधिकार दिइने छ ।

यस अघिको साधारणसभामा स्थानिय सरकारमा दर्ता भएका तर पान नम्बर नलिएका व्यवसायीलाइ पनि मतदातानको अधिकार हुने भनिएपछि प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ आवद्ध व्यवसायीहरुले विरोध जनाएका थिए । विरोधका कारण बन्द सत्र स्थगीत भएको थियो ।

विधान संसोधनसँगै दाङ जिल्ला उद्योग वाणिज्य संघको कार्यसमिति अब २१ सदस्यीय हुने छ ।

जसमा वरिष्ठ उपाध्यक्ष, सह कोषाध्यक्ष, एशोसियट सदस्यबाट १ जना , वस्तुगत समितिबाट १ जना थप गर्ने गरी विधान संसोधन गरेको छ ।

त्यसैगरी यस अघि खुल्ला सदस्य ८ जना हुने गरेकोमा अव १० जना चयन हुने छन् ।

विशेष साधारण सभा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य धुव्रराज श्रेष्ठ भारीको प्र्रमुख आतिथ्यता एवम नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश नं ५ का उपाध्यक्ष हेमराज बन्जाडेको विशिष्ट आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा बाेल्दै केन्द्रीय सदस्य श्रेष्ठले व्यसायीहरु फुटेर नभई जुटेर अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रममा संघका पुर्व अध्यक्ष भरतवहादुर वुढाथोकी लगाएतकाले भनाइ राखेका थिए ।

कार्यक्रमको सहजिकरण संघका महासचिव नरेश कार्कीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*