Home / Feature Breaking news / कोल्ड स्टोरले किसानलाई सहजता

कोल्ड स्टोरले किसानलाई सहजता

दाङ,२१ असार । लमही नगरपालिका वडा नं. ५ निवासी काशीराम चौधरीले यसबर्ष टिकुलीगडमा रहेको कोल्ड स्टोरमा आलुको विउँ राखेका छन । गतबर्षसम्म बिउँ आलु राख्नका लागि बुटवल, भैरहवादेखि चितवनसम्म लैजाने गरेका चौधरीले अहिले लमहीमा रहेको राप्ती कोल्ड स्टोरमा बिउँ आलुसँगै तरकारी समेत राखेका छन ।

देउखुरीमा कोल्ड स्टोर नहुदासम्म जिल्ला बाहिरका कोल्ड स्टोरमा लैजाने गरेका चौधरीले अहिले गाउँमै रहेको कोल्ड स्टोरमा राख्ने गरेका छन । ‘यहाँ कोल्ड स्टोर नहुँदा बुटवलदेखि चितवनसम्म लैजाने गरेको थिए’, काशीरामले भने,‘टाढा लैजादा खर्च धेरै हुने गरेको थियो, अहिले गाउँमै हुदाँ सजिलो भएका छ ।’ देउखुरीमै कोल्ड स्टोर हुदा समयको बचतसँगै खर्च समेत कम हुने गरेको उनी बताउँछन ।

बिउँ आलुसँगै उत्पादन गरेको तरकारी राख्न सहज होला भनेर स्थानीय कृषकहरु मिलेर कोल्ड स्टोर संचालन गरेको चौधरीले बताए । त्यस्तै टिकुलीगडकै सुन्दर चौधरीले पनि सहज भएको बताए । कोल्ड स्टोर नहुदा घरमै उत्पादन भएको बिउ आलु समेत बाहिर लैजानुपर्ने अवस्था थियो तर अहिले बाहिर लैजानु प्रदैन चौधरीले भने । ‘कोल्ड स्टोर सञ्चालनमा आएपछि तरकारीको मुल्य नभएको बेला राख्ने र मुल्य बढेको बेला बेच्न लैजाने गरेको समेत उनले बताए ।

काशीराम चौधरी र सुन्दर चौधरी जस्तै धेरै किसानहरुलाई कोल्ड स्टोरले तरकारी खेती गर्न सहज बनाईदिएको छ । उनीहरुले सिजनमा उत्पादन गरेका तरकारी बेमौषमी सिजनमा बेच्नका लागि कोल्ड स्टोरमा राख्ने गरेका छन । कोल्ड स्टोर किसानसँगै देउखुरीका व्यवसायीहरुलाई समेत उपयोगी बनेको छ । व्यवसायीहरुले स्याउँलगायतका फलफुलहरु कोल्ड स्टोरमा राख्ने गरेको कोल्ड स्टोरका लेखापाल केवल चौधरीले बताए । उनका अनुसार कोल्ड स्टोरमा स्याउँ, आलु, गोपी, गाँजर,अंगुर, अनारलगायतका फलफुल तथा तरकारी राखिएको बताए ।

कोल्ड स्टोरको क्षमता ३२ मेट्रिक टन अट्ने रहेपनि क्षमता अनुसारको तरकारी तथा फलफुल आउन नसकेको समेत बताए । ‘देउखुरीमा धेरै तरकारी खेती हुने गरेको छ,तर खेती अनुसारको तरकारी कोल्ड स्टोरमा आउने गरेको छैन’, लेखापाल चौधरीले भने,‘साहेद जानकारीको अभावमा होला, बरु सस्तोेमा बेच्छन तर कोल्ड स्टोरमा राखेर मुल्य वृद्धि भएको बेचमला भन्ने ज्ञान अझै छैन ।’

देउखुरीका किसानहरुलाई सहजतका लागि साना तथा मझौला आयस्तर आयोजनाको दुई करोड ९९ लाख र राप्ती उद्यम प्रालिको सात करोडको लगानीमा तीन बर्ष पहिले कोल्ड स्टोर स्थापना गरिएको थियो । प्रालिमा जिल्लाका ७५ जना व्यवसायी तथा किसानहरुको सहभागिता रहेको छ । देउखुरीसँगै प्युठान,अर्घाखाचीलगायतका जिल्लाहरुका किसान तथा व्यवसायीहरुले तरकारी तथा फुलफुल कोल्ड स्टोरमा राख्न ल्याउने गरेका छन । प्रालिले किसानहरु प्रतिकेजी पाँच रुपैयाँका दरले राख्ने गरेको छ ।

पछिल्लो समय कोल्ड स्टोर खुल्ने क्रम बढ्दै जादा किसानहरुसँगै व्यवसायीहरुलाई समेत सहज भएको छ । लामोसमयसम्म बिउँ तथा फलफुलहरु राख्नलाई कोल्ड स्टोर नहुदा कुहिने तथा सुक्ने समस्या रहेपनि कोल्ड स्टोर निर्माणसँगै समस्या हटेको व्यवसायीहरुले बताउने गरेका छन । हाल जिल्ला देउखुरी र घोराही क्षेत्र गरि ठुला साना गरेर चार वटा कोल्ड स्टोरहरु रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*