Home / Feature Breaking news / बस र स्कारपियो ठोक्दिा चार घाइते

बस र स्कारपियो ठोक्दिा चार घाइते

दाङ,२० असार । दाङको घोराही–लमही सडक खण्डमा बस र स्कारपियो एक आपसमा ठोक्किदा चार जना घाइते भएका छन । शुक्रबार दिउसो साढे २ बजेतिर घोराही उप–महानगरपालिका ३ चौपट्टामा घोराहीदेखि बिराटनगर जादै गरेको ना ५ ख ३३७३ नम्बरको बस र बिपरित दिशाबाट आउदै गरेको बा १० च ९३३६ नंम्बरको स्कारपिओ एक आपसमा ठोक्किएका छन् ।

सो दु्र्घटनामा चारजना घाईते भएका छन् । तुलसीपुर उप–महानगरपालिका वडा नं। ४ रक्षाचौर निवासी स्कारपिओ चालक ४५ बर्षीय दिपक रावल, स्कारपियोमा सवार सोही ठाउँ निवासी ५३ बर्षीय धुर्व गौतम , बसमा सवार चितवन भरतपुर महानगरपालिका १० निवासी ३० बर्षीय अर्जुन पौडेल र तुलसीपुर उप–महानगरपालिका ५ निवासी ३१ बर्षीय घनश्याम सापकोटा घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

घाईतेहरुको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय दाङको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*