Home / समाचार / तुलसीपुर ११ मा कृषी तालिम समापन

तुलसीपुर ११ मा कृषी तालिम समापन

तुलसीपुर, २० असार
तुलसीपुर उपमहानगरपालिका ११ नम्वर वडा कार्यालयको आयोजनामा किसानहरुका लागी सञ्चालित ४ दिने कृषी सम्वन्धी तालिम सम्पन्न भएको छ । विहीवार एक कार्यक्रमको आयोजना गरि मकै, धान तथा वेमौसमी तरकारी सम्वन्धी कृषी तालिमको समापन गरिएको हो ।

वडा अध्यक्ष चित्रबहादुर वलीको अध्यक्षता एवं नेपाल किसान संघ दाङका अध्यक्ष गोवर्धन शर्माको प्रमुख आतिथ्यमा भएको समापन सत्र कार्यक्रममा वडा सदस्यहरु निर्मा चौधरी, खिम कुमारी विक, वडा सचिव भुवनेश्वर अधिकारी, प्रशिक्षक कृषी विशेषज्ञ रामाश्रे शाह, सहभागिहरु नन्दकली पुन, जागेश्वर भण्डारी, लिलाध्वज वस्नेत लगायतले आधुनिक कृषी प्रविधिमा ध्यान दिई आर्थिक विकासतर्फ लाग्न तालिममा सहभागि किसानहरुलाई अनुरोध गर्नुभएको थियो ।

वडा सदस्य घनश्याम गौतमले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सहजिकरण कर्मचारी लक्ष्मी चौधरीले गर्नुभएको थियो ।

६० जना सहभागि तालिमको प्रशिक्षकमा पशु सेवा साखा कार्यालय तुलसीपुरका अधिकृत कुलराज चौधरी, कृषी विशेषज्ञहरु रामाश्रे शाह, बबी बस्नेत लगायतका रहनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*