Home / समाचार / राप्ती ६० बालबालीकाको स्वास्थ्य परीक्षण

राप्ती ६० बालबालीकाको स्वास्थ्य परीक्षण

तिर्थराज ज्ञवाली
देउखुरी,  १९ असार

राप्ती गाउँपालिकाको वडा नं ५ मा विहिवर अपाङ्गता भएका बालबालिकाहरुको पहिचान एवं परीक्षणका लागि निशुल्क स्वास्थ्य तथा पुर्नस्थापना घुम्ति शिविर मा ६० जना बालबालकिाको अपाङगत चेकजाच गरिएका छन्  ।

१८ वर्ष सम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाहरुको पहिचान एवं परीक्षण लागि स्वास्थ्य तथा पुनस्र्थापन घुम्ति शिविर संचालन भएको हो । जसाट राप्ती क्षेत्र तथा अन्य क्षेत्रका ६० बालबालीकाको चेकजाच गराएका थिए । त्यस क्रममा अधिकांशलाई थप उपचारको लागि विकलाङ्गमित्र समूह अपाङ्गबाल अस्पताल तथा पुर्नस्थापना केन्द्र, बनेपामा रिफर गरिएको शिवीरका प्रतिनिधि प्रशासन सहायक मिन बहादुर चन्दले जानकारी दिनुभएको छ ।

घुम्ती शिवीरमा जन्मजात वा पछि खुट्टाको पैतला भित्र वा बाहिर फर्केको, खुट्टा लुलो वा कमजोर भएको, जन्मजात वा चोटपटकबाट कम्मरको जोर्नी खूस्कीएको, जोर्नीहरु दुख्ने, सुन्निने बाङ्गिएको वा खुस्किएको, मतिष्क पक्षघात भएका बालबालिकाहरु, औलाहरु एक आपसमा टाँसिएको वा बढि भएको, हड्डीको रोग लागेको, शरीरका विभिन्नजोर्नीहरु बाङ्गो भएको, हिडदा घुँडा जोडिने, ठोक्कीने भित्र बाहिर फर्केको, आगोले पोलेर अङ्गहरु एक आपसमा टाँसिएको, हात, खुट्टा भाँच्चिएर बाङ्गो भएको वा हड्डी नजोडिएको ढाड बाङ्गो वा कुप्रो भएको, हड्डीपाकेर लामो समय देखि पीप आइरहने कत्रिमअङ्ग र सहायक सामाग्रीहरुको आवश्यकता भएकाहरु, अन्य जोर्नीहरुसंग सम्बन्धित समस्याहरु को पहिचान र उपचार तथा समाग्री सहयोग गर्ने योजना सहित राप्ती गाउँपालिकाले विकलाङ्गमित्र समूह अपाङ्गबाल अस्पताल तथा पुनस्र्थापन केन्द्र संग समन्वय गरि निशुल्क शिवीरको आयोजना गरिएको हो ।

निशुल्क स्वास्थ्य तथा पुर्नस्थापना घुम्ति शिविरमा अर्थोपेडिक सर्जन डाक्टर यम प्रकाश गुरुङ, फीजीयोथेरापीष्ट योगेन्द्र यादव, प्रोथेसिङ अर्थोसिस स्याम दाहाल, स्टाफ नर्स सरोज चित्रकार, हिरा केसी, प्रशासन सहायक मिन बहादुर चन्द, बासुदेव पराजुली, पार्वति अधिकारी, कृष्ण भण्डारी लगाएतको टोलीले शिविरमा उपचारका लागि आएका बालबालीकाको समस्या पहिचान, परामर्श तथा उपचार गर्नुभएको थियो ।

सहायक समाग्रीबाट तत्काललाई सहज हुने सेवा लिन आएका बालबालीका लाई ह्वील चियर, बैशाखी, लगायतका सहयोगी सामाग्री उपलब्ध सामाग्री समेत वितरण गरिएको राप्ती गाउँपालिका महिला तथा बालबालकिा शाखाक िसहायक महिला निरीक्षक विनिता अधिकारीले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*