Home / Feature Breaking news / सहकारी क्षमता विकास तालिम

सहकारी क्षमता विकास तालिम

घोराही, १९ असार

घोराही उपमहानगरपालिका वडा नम्बर ५ मा रहेका सहकारीहरूकालागी क्षमता विकास तालिम विहीवार धर्नामा सम्पन्न भएको छ । वडा नम्बर ५ को सहयोग र समन्वय एवं नेपाल प्रेस युनियन दाङको आयोजनामा सचेतनामूलक कार्यक्रम भएको हो ।

वडामा रहेका सहकारीका पदाधिकारीहरूको सहभागीता रहेको तालिममा सहकारीको स्थापना, सहकारी गठन प्रक्रिया, सहकारी नियम, सहकारीका काम कर्तव्य र अधिकार लगायतका विषयमा प्रशिक्षण दिईएको थियो ।

युनियनका जिल्ला अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षता एवं संविधानसभा सदस्य राजु खनालको प्रमुख आतिथ्यमा भएको तालिम उद्घाटन सत्रमा बोल्ने वक्ताहरूले सहकारीका माध्यमबाट आर्थिक विकास गर्न सकिने बताएका थिए । धेरैजसो सहकारी अझै पनि सहकारी नियममा नरहेको उनीहरूको भनाई छ ।

कार्यक्रममा वडा अध्यक्ष विष्णुमणी दाहाल, वडाका सचिव लक्ष्मण अधिकारी, सहभागीहरू बलदेव बि।क, कमला गिरी लगायतले मन्तव्य राख्नुभएको थियो । तालिमको प्रशिक्षकमा प्रेम केसी र अर्जुन योगी रहनुभएको थियो । कार्यक्रमको सहजिकरण युनियनका जिल्ला सचिव आर।के।शीतलले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*