Home / Feature Breaking news / सटर भाडा बढि भयोः व्यवसायी

सटर भाडा बढि भयोः व्यवसायी

घोराही, १८ असार

घोराही उप महानगरपालिकाले आउदो आर्थिक २०७६÷२०७७ बाट निर्धारण गरेको घर बहाल कर संशोधन गर्ने माग गरीएको छ ।

नारायणपुर उद्योग वाणिज्य संघले नारायणपुर क्षेत्रमा उप महानगरपालिकाले निर्धारण गरेको घर वहाल रकम चलन चल्तीको भन्दा धेरै निर्धारण गरेको भन्दै शसोधन गर्न माग गरेकोे हो । संघले वुत्रवार उप महानगरपालिकालाई सोही विषयम ाज्ञापनपत्र बुझाएको छ ।

‘उपमहानगरपालिकाले यस क्षेत्रमा व्यवसायिहरुले तिदै आएको भन्दा धेरै वढी रहेको छ त्यसैले संशोधन गर्ने आग्रह गरेका हौ’ संघका अध्यक्ष महेन्द्रकुमार दाहालले भने । घर वहाल कर यसरी वृद्धि हुदा व्यवसायिहरु लाई समस्या हुने उनको भनाइ रहेको छ ।

कानुनी रुपमा घर बहाल कर घर धनीले तिर्नु पर्ने भए पनि व्यवहारीक रुपमा त्यसो हुन नसकेको संघले जनाएको छ । अहिले पनि व्यवसायिहरुले नै घर वहाल कर तिदै आएका छन् ।

ज्ञापनपत्र बुझ्दै घोराही उप महानगरपालिकाका उप प्रमुख सिता सिग्देल न्यौपानेले निर्धारण भएको भाडा दर लाई संशोधन गर्ने बताइन् । ‘हामी स्थानिय लाई समस्या हुने गरेर अगाडि वढने छैनौ’ उप प्रमुख न्यौपाने भनिन ।

वुधवार नारायणपुर उद्योग वाणिज्य संघको टोलीले उप महानगरपालिकाले निर्धारण गरेको भाडा दर संशोधन गर्ने माग गदै उप प्रमुख सिता सिग्देल न्यौपाने लाई ज्ञापन पत्र वुझाएको छ । संघका अध्यक्ष महेन्द्रकुमार  दाहालको नेतृत्वमा आएको पदाधिकारीहरुले उप प्रमुख लाई ज्ञापन पत्र वुझाएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*