Home / समाचार / किसानलाई मल उपलब्ध गराउन काग्रेस क्षेत्र नम्बर ३ को आग्रह

किसानलाई मल उपलब्ध गराउन काग्रेस क्षेत्र नम्बर ३ को आग्रह

दाङ, १८ असार
नेपाली काग्रेस दाङ क्षेत्र नम्बर ३ ले किसानहरूलाई मल उपलब्ध गराउन सरकारसँग माग गरेको छ । बर्षाको समयमा किसानहरूले खेति गर्नकालागी मल नपाएकाले समयमै मल उपलब्ध गराउन सरकारसँग माग गरेको हो ।

वुधवार घोराहीमा बसेको क्षेत्रीय बैठकले असारको आधा महिना वितिसक्दा पनि किसानहरूले मल नपाएर खेति सुरू गर्न नसकेकाले यसतर्फ गम्भीर बन्नपनि सरकार र सम्वन्धित निकायलाई अनुरोध गरेको छ ।

क्षेत्रीय सभापति भुपबहादुर डाँगीको अध्यक्षतामा बसेको बैठकले काग्रेसको राष्ट्रिय जागरण अभियान सफल बनाउनकालागी सहयोग गर्ने सहभागी र घोराही उपमहानगरपालिकाले गरेको गुणस्तरहिन कामको विरोधमा  असार १७ गते घोराहीमा क्षेत्रीय समितिले आयोजना गरेको विरोध सभामा उपस्थित हुने सम्पूर्ण वडाबासीहरूमा धन्यवाद ज्ञापन गरेको छ ।
यस्तै आर्थिक बर्षको अन्तिम समयमा हुने विकास निर्माणको काम लगायत जिल्लामा लामो समयसम्म निर्माण कार्य अलपत्र पर्दा दंगाली जनताले दुःख पाईरहेकाले यसतर्फ ध्यान दिन सरकार, स्थानीय तह र निर्माण कम्पनीलाई अनुरोध गरेको छ ।

बैठकले घोराही उपमहानगरपालिकाको पाँचौ नगर अधिवेशनले घोराही बजार क्षेत्रमा वस्तुगत अध्ययन र व्यवसायीहरूसँगको छलफलविना सटरभाडा हचुवाको भरमा तोकेकोप्रति नेपाली काग्रेस दाङ क्षेत्र नम्बर ३ को गम्भीर ध्यानाकर्षण भएको र  उपमहानगरपालिका(१० नारायणपुर क्षेत्रको सौडीकुलादेखी खैरा चोकसम्मको सटर भाडा न्यूनतम ८ हजार तोकेको र जुन वैज्ञानिक र वस्तुगत नभएकाले यसतर्फ गभ्मीर भई यथाशीघ्र सच्याउन उपमहानगरपालिकासँग आग्रह गरेको छ ।

नेपाली काग्रेस दाङका पूर्व सभापति मोहनलाल वली, नेपाल तरूण दलका महाधिवेशन प्रतिनिधि जानका थापा, काग्रेस घोराही नगरका निवर्तमान सदस्य शशिधर वली, क्रियाशील सदस्य गुमानसिंह वली र हिमलाल वलीको आमा घोराही १४ का ममतामयी आमा केशरी वली र काग्रेसका नेता घोराही १४ का मनबहादुर पुन, संविधानविद् डा भिमार्जुन आचार्यको आमा देवकी आचार्य, घोराही १५ का क्रियाशील सदस्य लोकबहादुर वलीको आमा नन्दकुमारी वलीको हालै भएको निधनप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र परिवारप्रति समवेदना व्यक्त गरेको छ । बैठकको सहजिकरण क्षेत्रीय सचिव बद्रिकुमार खड्काले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*