Home / Feature Breaking news / उपमहानगरपालिकाको गुणस्तरहिन कामको विरोधमा कांग्रेसको पर्दशन (भिडियो सहित)

उपमहानगरपालिकाको गुणस्तरहिन कामको विरोधमा कांग्रेसको पर्दशन (भिडियो सहित)

दाङ, १७ असार ।

घोराहीको मुख्य सडकमै गुणस्तरहिन पिच गरिएको भन्दै नेपाली काग्रेस दाङले विरोध गरेको छ । आर्थिक बर्ष सकिनै लाग्दा घोराही गुलरीयापार्कदेखि–आर्मी व्यारेक, बंैक रोड, शहिदगेटरोडमा गरिएको रिसिलिङ सडकमा जाम नै नभई गिट्टी उप्कन थालेपछि स्थानीयले गुणस्तरहिन काम भएको भन्दै उपमहानगरपालिकाको कामको विरोध गरेका छन ।

असारे विकासका नाममा जनतावाट उठाएको कर दुरुपयोग गरेको भन्दै नेपाली काग्रेस क्षेत्र नं ३ ले खवरदारी स्वरुप मंगलवार घोराहीमा प्रदर्शन समेत गरेको छ ।

सडकमा छर्री हालेर सडक दुर्घटनाको जोखिम बढाएको र गुणस्तरहिन रिसिलिङ पिच गरिएको भन्दै उक्त सडकमा काग्रेसका नेता तथा कार्यकर्ताहरुले नारावाजी गरेका हुन ।

सडक कालोपत्रे गरेको केही दिनमै उम्किने भएपछि दुर्घटना बढाएको भन्दै दुर्घटना बढाउने पिच नगर्न समेत काग्रेसले घोराही उपमहानगरपालिकालाई आग्रह गरेको छ ।

विरोध ¥यालीलाई तुलसीपुरचोकमा सम्वोधन गर्दै नेपाली काग्रेसका जिल्ला सचिव शंकरप्रसाद डागीले असारे विकासका नाममा पैसाको दुरुपयोग नगर्न स्थानीय सरकारलाई आग्रह गरे ।

‘घोराही सहरलाई स्मार्ट सिटीका रुपमा विकास गर्ने भाषण गर्ने तर काम भने भएको सडकलाई विग्रार्ने कार्यले स्मार्ट सहर बन्दैन’,जिल्ला सचिव डागीले भने,‘स्मार्ट सिटी बनाउनका लागि गुणस्तरीय काममा ध्यान दिनुहोस ।’

अहिले घोराहीमा भएको सडक पिचले उपमहानगरपालिकालाई आफै गिज्याई रहेको समेत बताए । उनले विकासका नाममा सरकारी करको दुरुपयोग गर्ने हो भने काग्रेस चुप लागेर नसक्ने समेत बताए ।

नेपालि काग्रेस क्षेत्र नं। ३ का सभापति भुपबहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं। १५का वडाध्यक्ष रमेश पाण्डेयले आफनै वडामा हुने विकासका समेत नगर प्रमुखले वडाध्यक्षसँग सल्लाह नगर्ने गरेको बताए ।

‘आफनै वडामा सडक रिसिलिङको काम भईरहेको छ, हामीलाई थाहा हुदैन’,वडाध्यक्ष पाण्डेयले भने,‘गुणस्तरहिन काम भएको थाहा पाएपछि मेयरलाई भेटेर काम रोक्न आग्रह गरे तर मेरो सुझावलाई मेयर ज्यूले पूर्वाग्रही रुपमा लिनुभयो ।’

विरोध कार्यक्रमलाई नेपाल विद्यार्थी संघ क्षेत्र नं। ३ का सभापति तिलक रावत, नेपाल महिला संघ क्षेत्र नं। ३ की अध्यक्ष जानका केसीले सम्वोधन गरेकी थिइन । कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव वद्री खड्काले गरेका थिए ।

सडक बोर्डको ७० प्रतिशत र घोराही उपमहानगरपालिकाको ३० प्रतिशतमा बजेटमा सडक रिसिलिङ गर्ने काम भएको घोराही उपमहानगरपालिका इन्जिनियर रामधन श्रेष्ठले बताए ।

७२ लाखको टेण्डरबाट वस्टर्न डेभलभमेन्ट कन्ट्रक्सन प्रालि गढिमालिका बाजुराले घोराही बजारको ६ किलोमिटर सडक मर्मत गर्ने गरि सम्झौता भएको र त्यही अनुसार काम भईरहेको छ ।

भिडियो पनि हेर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*