Home / Feature Breaking news / बगरलाइ वन बनाउन शुरु

बगरलाइ वन बनाउन शुरु

दाङ, १४ असार 

बगरलाइ बन गराउने गरि डिभिजन बन कार्यालय दाङले घोराही उपमहानगर ९ तेघरामा हापुर खोला बगरमा बृक्षरोपण गरि स्थानीयलाई बन हस्तान्तरण गरेको छ । स्थानीयको सक्रियतामा ५ दशमलव १६ हेक्टर क्षेत्रलाई सामुदायिक बनका रुपमा शनिबार स्थानीयलाई हस्तान्तरण गरिएको हो ।

उक्त सामुदायिक बनमा वृक्षाराेपण तथा सामुदायिक वन हस्तान्तरण कार्यक्रम सम्पन्न भएकाे छ। डिभिजन वन कार्यालय घाेराहीका प्रमुख दीपक ज्ञवालीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमख अतिथि जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्लाअधिकारी गाेविन्दप्रसाद रिजाल तथा वडा नम्बर ९का वडा अध्यक्ष मानबहादुर बस्नेतकाे विशिष्ट अातिथ्यतामा भएकाे हाे।

साेे अवसरमा वृक्षाराेपण गरपएकाे ५.१६ हेक्टर क्षेत्रफल जमिनकाे स्वामित्व श्रृजनशील सामुदायिक वनका अध्यक्ष जितलाल चाैधरीलाई डिभिजन वन प्रमुख ज्ञवाली र प्रमुख अतिथि प्रजिअ रिजालले संयुक्तरुपमा हस्तान्तरण गर्नुभयाे। यस्तै सामुदायिक वनकाे विधान वडा अध्यक्ष बस्नेतले हस्तान्तरण गर्नु भयाे।

यसैबीच, सरकारले अघि सारेकाे देशव्यापि वृक्षाराेेपण अभियान कार्यक्रममा प्रमुख अतिथि रिजालले साे सामुदायिक वनकाे खाली जग्गामा बिरुवा राेपेर उद्घाटन गर्नु भएकाे छ।

करिव ३ हजार विभिन्न जातका बिरुवा राेपिएकाे छ। खयर, सिसाै, टिक, बकाईनाे, मसला, बाँस, बेदअादि बिरुवा सामुदायिक वनकाे उपभाेक्ता, डिभिजन वन कार्यालयका पदाधिकारी, वनअधिकारकर्मी, पत्रकार, वालक्लवलगायतकाे सयाैंकाे उपस्थितिमा राेपिएकाे छ।

साे अवसरमा प्रमुख अतिथि प्रजिअ रिजालले सामुदायिक वन संरक्षण र दिगाे व्वस्थापनमा ध्यान दिन अाग्रह गर्नु भएकाे छ। उहाँले बिरुवा राेपेर छाड्ने संस्कारका कारण प्रकाभकारी काम गर्दै अपनत्वकाे भावका साथ साे क्षेत्रलाई निकट भविष्यमै नमुना सामुदायिक वन बनाएर देखाउन सचेत गराउनु भयाे।

उहाँले भन्नुभयाे-” बिरुवा राेप्नुभन्दा यसलाई दिगाे व्वस्थापन कसरी गर्ने भन्ने नै चुनाैतिपूर्ण हुन्छ, यसमा यहाँहरु सफल बन्नुहाेला।”

६८ घरधुरी रहेका तेधराका करीव ३ सय ६३ जनसंख्या साे सामुदायिक वनकाे उपभाेक्ता बनेका छन्। कार्यक्रम हुनु अघि बाजागाजासहित वन सचेतनाकाे नारा लगाउँदै र्यालि निकालिएकाे थियाे।

कार्यक्रमकाे सहजिकरण डिभिजन वन कार्यालयका माधव तिमिल्सिनाले गर्नु भएकाे थियाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*