Home / समाचार / घोराहीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

घोराहीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

घोराही, १३ असार । घोराही उपमहानगरपालिका स्तरीय ११ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारबाट घोराहीमा सुरुभएको छ । उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाको आयोजना तथा नेपाल पुलिस स्कुलको सञ्चालनमा पुलिस स्कुलकै प्रांगणमा प्रतियोगिता सुरुभएको हो ।

नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको प्रतियोगिताको प्रदेससभा सदस्य रेवतीरमण शर्माले उद्घाटन गर्नुभयो । प्रतियोगितामा उद्घाटन सत्रमा नगरका सामुदायिक तथा निजि गरी ३४ विद्यालयका विद्यार्थीहरुले मार्च पास गरेका थिए ।

प्रतियोगिताको उद्घाटन गर्दै सांसद शर्माले खेलकुद नै स्वस्थ रहने र अनुसाशन सिक्ने माध्यम भएको बताउनुभयो । सामाजिक क्षेत्रको विकासमा खेलकुदको भूमिका महत्वपूर्ण हुने भन्दै उहाँले अनुशासित भएर खेलमा प्रतिस्पर्धा गर्न खेलाडीहरुलाई आग्रह गर्नुभयो ।

खेलकुदको विकासका लागि सरकारले विद्यालय स्तरबाटै लगानी बढाएको उहाँको भनाई छ । स्वस्थता, अनुशासन र आत्मीयता कायम गर्नका लागि खेल क्षेत्रको भूमिका अग्रपंतिमा हुने भन्दै उहाँले विद्यालय स्तरबाटै खेलकुदमा लगानी लगाउनु पर्नेमा जोड दिनुभयो ।

पुलिस स्कुलका प्रधानाध्यापक कृष्णाअर्जुन शाहको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा नगर प्रमुख चौधरीले खेलाडीहरुको प्रबद्र्धन र खेल क्षेत्रमा लगानीका लागि नगरले विषेश ध्यान दिएको उल्लेख गर्नुभयो । सामाजिक विकासको अंग खेल क्षेत्र पनि भएको भन्दै उहाँले खेलाडीहरुको आकांक्षालाई नगरले पुरा गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा नगरका सामाजिक विकास समिति संयोजक भरतमणि अर्यालले विद्यालय तहबाटै खेलकुदलाई बिषेश प्राथमिकता दिएको उल्लेख गर्नुभयो । १७ गते सम्म चल्ने प्रतियोगितामा एथलेक्टीस, लङजम्प, हाईजम्प, सटफुट, कवडी र भलिबल खेलहरु हुने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*