Home / Feature Breaking news / उपमहानगरपालिका परिसरबाटै मोटरसाईकल चोरी

उपमहानगरपालिका परिसरबाटै मोटरसाईकल चोरी

घोराही, ९ असार

घोराही उपमहानगरपालिकाको परिसरबाट मोटरसाईकल चोरी भएको छ । घोराही उपमहानगरपालिकाको परिसरबाट दिउसै मोटरसाईकल चोरी भएको हो ।

उपमहानगरपालिकाको पार्किङ स्थलबाट सोमवार विहान ११ बजेदेखी सवा ११ बजेको समयमा मोटरसाईकल चोरी भएको मोटरसाईकल धनी घोराही–१४ का ईन्द्रकुमार वलीले जानकारी दिनुभयो ।

घरनक्सा अभिलेखीकरणकालागी उपमहानगरपालिकामा पुग्नुभएका वलीले उपमहानगरपालिकाको पार्किङ स्थलमा मोटरसाईकल पार्कीङ गरेको समयमा चोरी भएको वलीले जानकारी दिनुभयो ।

करिब ११ बजेको समयमा मोटरसाईकल पार्कीङ गरेर भित्र काममा गएको र १५ मिनेटपछि निस्कदा मोटरसाईकल चोरी भएको उहाँले बताउनुभयो ।

रा ४ प ७३४५ नम्बरको १ सय ५० सीसीको कालो रंङबको पल्सर मोटरसाईकल चोरी भएको उहाँले जानकारी दिनुभयो ।

उपमहानगरपालिका परिसरबाटै मोटरसाईकल चोरी हुँदा आफू आश्चर्यचकीत भएको वलीको भनाई छ ।

‘स्थानीय सरकारको परिसरबाटै मोटरसाईकल दिउसै चोरी हुन्छ भने अब अन्य स्थानमा झनै के होला हालत’ वलीले भन्नुभयो ।

मोटरसाईकल चोरी भएपछि उपमहानगरपालिकालाई औपचारिक रुपमा जानकारी गराएको र जिल्ला प्रहरी कार्यालयमा पनि निवेदन दिएको वलीले बताउनुभयो ।

साथै कसैले कतै यो नम्बरको मोटरसाईकल फेला पारेमा प्रहरीलाई खबर गरिदिनुहुन पनि अनुरोध गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*