Home / Feature Breaking news / व्यक्तित्वः तन्नेरी जोसका गोविन्द केके

व्यक्तित्वः तन्नेरी जोसका गोविन्द केके

दाङ । उमेर ७५ पुगी सकेका गोविन्द केकेमा तन्नेरी जोस छ । वृद्ध उमेरमा घरमा बस्नुपर्ने अवस्थाका उनी विभिन्न कार्यक्रममा पुगेर भाषण गर्न भ्याउँछन । राजनीतिक रुपमा नेकपा मालेका पोलिटव्यूरो सदस्य तथा प्रदेश नं. ५ का इन्र्चाज समेत रहेका केकेले भाषणमा उर्जा थप्ने काम गर्छन । राजनीतिकसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय केकेको जीवन संघर्षशिल रहेको छ ।

‘पहिले गाउँमा अहिले जस्तो विद्यालय थिएनन् । विद्यालय नहुदाँ पढ्न पाउँदैन थिए । गुरुकुल पढाई हुन्थ्यो । गुरुकुलमा दुर्गावाज,अर्घला, किलकलगायतका पाठ सिकाउनका साथै तम्सुक,चिठी लेख्ने,राजिनामा लेख्न सिकाईन्थ्यो । मैले करिव तीन बर्ष गुरुकुलमा यस्ते पढे’ उनी भन्छन । त्यसपछि २००८ सालमा लुङमा त्रिभुवन प्राथमिक विद्यालय स्थापना भयो । म कक्षा तीनमा भर्ना भए । त्यहीवाट मैरो औपचारिक शिक्षा सुरु भयो ।

२०१८ सालमा एसएलसी पाँस गरे । त्यो बिचमा म कम्युनिष्ट पार्टीको सदस्य भईसकेका उनी । पार्टी सरकारको विरुद्धमा आन्दोलनमा भएकाले सरकारी जाखिर खान पाईदैन थियो । तर शिक्षक भएर पढाउन मिल्ने पार्टीले नियम बनाएको थियो । उनी आफैले पढेको विद्यालयमा शिक्षक आवश्यक रहेको थाहा पाए । र जागीरको लागि ट्राई गरे । गाउँमा एसएलसी पास गरेकाले शिक्षक जागिर खानलाई धेरैसम्म भएन । २०१९ सालमा शिक्षक बन्ने अवसर प्राप्त गरेका थिए ।

त्यसपछि केकेले निरन्तर २०६३ बर्षसम्म पढाई रहे । देशका विभिन्न जिल्लामा पुगेर । त्यस सयमा प्युठानसहित रोल्पा, रुकुम, बाग्लुङलगायतका जिल्लाहरुमा पुगेको उनी बताउँछन ।
उनी बाल्यकाललाई सम्झान्छन । गाउँमा हाम्रो ४÷५ जनाको समूह थियो । त्यो बेलामा हामीहरु सात आठ बर्षका थियौ होला । हामीहरुसँगै पढ्थ्यौ । संगै खेल्थ्यौ । गाउँमा खेल्दा कहिले काही केही बदमासी पनि गथ्र्यौ । बदमासी अरु भन्दा पनि बारीमा भएका काक्रालगायतका फलपूmल चोर्ने । एक दिन हामीहरु खेल्दाखेल्दै काक्रा चोर्ने प्लान बनायौ ।

हाम्रीहरुको ग्रुपले अर्काको घरको मात्र चोर्ने होईन आफ्नै घरका काक्रा पनि चोर्ने गर्थेउ । त्यो दिनको प्लान हाम्रो घरको गोठमा फलेका काक्रा चोर्ने थियो । सवै साथीहरु मिलेर चोर्न गयौ । त्यो बेला हाम्रो गाउँमा प्रायका घरमा काक्रा गोठका लगाएका हुन्थे । त्यसैले काक्रा टिप्नलाई गोठको छानामा चर्न पर्दथ्यो । आफ्ना घरका काक्रा चोर्दा आफै गोठमा चढेर टिप्नुपर्ने हाम्रो नियम थियो । त्यही अनुसार हाम्रो गोठमा फलेका काक्रा चोर्न म छानामा चढे ।

gobinda k k

काक्राको झाल पात पल्टाएर काक्रा खोज्दै थिए, घरमा बाले थाहा पाउनु भएछ । बा काक्रा चोर चोर भन्दै गोठतिर आउनुभयो । भुईमा भएका साथीहरु सव भागे । म छानामा भएकाले भाग्न सकेन । जे पर्ला पर्ला भनेर म काक्राको झालमा नदेखिने गरि सुतेर लुके । बाँ आएर हेर्नुभयो । काक्राको झालमा लुकेको संका मानेर ढुंगाले छानामा हान्नुभयो । धन्न ढुंगाले मलाई लागेन र मलाई पनि भेटाउनुभएन ।

लुक्दा मन कापेको थियो देखिहाल्नुहुन्छ कि भनेर । भेटेको भए पिटाई कति खानुपथ्र्याे त्यो कुरा गरि साध्य छैन । पिटाई खानवाट बच्दाको त्यो क्षण अहिले पनि उनको लागि अविस्मरणीय क्षण बनेको छ ।
२०१३ सालमा विद्यार्थी फेडरेशनवाट कम्युनिष्ट पार्टीमा लागेका केकेले धेरै कम्युनिष्ट नेताहरु जन्माएका छन । तिनीहरु मध्य कोही जिल्ला तहमा नेतृत्व गरेका छन । त्यो बेला एउटै पार्टी पनि अहिले फरक फरक कम्युनिष्ट पार्टी भएकाले अन्य कम्युनिष्ट पार्टीमा समेत रहेका छन । त्यस मध्यका एक नेता हुन पूर्व उपप्रधानमन्त्री तथा नेकपाका नेता बामदेव गौतम ।

त्यो बेलामा मैले बाग्लुङमा पढाउने गरेको थिए । पार्टीको राजनीतिमा पनि थिए । बामदेव गौतमका छ भाईहरु थिए । उनका बाउँले आठ कक्षासम्म पढाउने र त्यसपछि आफै सके पढ्ने तर आफुले नपढाउने बताएका रहेछन । घरमा बाउँले नपढाउने भएपनि बामदेव गौतम जागिर पाइन्छन कि मनेर बाग्लुङ गएका थिए ।

त्यहाँ एउटा स्कुलमा शिक्षक आवश्यक थियो । मैले त्यहाँ पढाउने व्यवस्था मिलाईदिए । र पार्टीको सदस्यता दिएको थिए । आफैले पार्टी सदस्यता दिएको व्यक्ति ठुलो कम्युनिष्ट पार्टीको नेतासँगै देशको उपप्रधानमन्त्रीसम्म बन्दा खुशी लाग्ने गरेको छ । ‘मैले पढेको तँ छैन,उनले लेखेको एउटा पुस्तकमा मलाई सम्झिएका छन रे’,उनले भने,‘त्यो पुस्तक पढ्न मन छ ।’

पहिले अहिले जस्तो लेख्ने कलम र कापी थिएनन् । बासको सुवितामा लेख्नुपर्ने बाध्यता रहेको थियो । त्यो समयमा हामीले बासको सुवितामा लेवस (सानो बासको झिजा)ले लेख्नुपथ्र्याे । कजोसको मसी बनाएर । त्यो समयलाई अहिले सम्झादा पनि अचम्म लाग्छ । कसरी पढियो होला भनेर ।

त्यसरी पढ्दा गुरुको अनुशासनमा बस्नुपथ्र्यो । गुरुले दिएको होमर्क गर्नुपथ्र्यो ।एकदिन घरको कामले गर्दा मैले होमवर्क गर्न पाएको थिएन। त्यसैले त्यसदिन मलाई विद्यालय जान मन थिएन । तर घरमा बुबाले पढ्न जा,किन छोड्छस भनेर कर गर्नुभयो । मैले होमवर्क गरेको छैन, विद्यालयमा गुरुले पिट्नुहुन्छ भने । तर बुबाले होमवर्क गर्न नपाउनुको समस्या भनेस, त्यसपछि कुट्नु हुदैन भन्नुभयो । मलाई गुरुले घरको कामले गर्दा होमवर्क गर्न पाइन भन्दा बचिएला झै लागेको थिएन । तैपनि बुबाले भनेपछि पढ्न गए । ‘गुरुकुलमा बसेपछि होमवर्क देखाउने पालो आयो । मेरो पालमा मैले घरको काम गर्दा होमवर्क गर्न नपाएको बताए । तर गुरुले पत्याउन ुभएन, होमवर्क नगरेको भन्दै ५० पटक उठबस गराउनुभयो । मैले सत्यभन्दा भन्दै पनि गुरुले दिएको त्यो सजय अहिलेसम्म भुल्न सकेको छैन ’उनले भने ।

२००० सालमा प्युठानका बुबा भोजजबहादुर खत्री क्षेत्री र आमा केर्माकुमारी खत्री क्षेत्रको कोखवाट जन्मिएका केकेले २०२२ सालमा गुल्मी निवासी निर्मलादेवी केसीसँग बैवाहिक जीवनमा बाधिएका थिए । हाल घोराही उपमहानगरपालिका वडा नं. १५को ट्राफिकचोकको साईमन्दिर टोलमा बस्दै आएका केकेका दुई छोरा र तीन छोरीहरु हुन । जस मध्य जेठा छोरा गणेश केकेको सडक दुर्घटनामा निधन भएको थियो । केके पार्टी राजनीतिकसँगै जिल्ला सुकुम्वासी समस्या समाधान आयोग, खानेपानी सस्था, सामुदायिक वन उपभोक्ता समितिलगायतका सस्थाको नेतृत्वमा रहेर समेत काम गरका छन ।

प्रस्तुतीः लिलाधर वली

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*