Home / Feature Breaking news / लिटिल मिस वल्र्डमा दाङकी यांङशु

लिटिल मिस वल्र्डमा दाङकी यांङशु

दाङ,७ असार । लिटिल मिस वल्र्डमा दाङकी याङशु श्रेष्ठ सहभागी हुनेभएकी छिन । सिङगापुरमा हुन थालेको नेशनल किड्स अफ द वल्र्डमा नेपालको प्रतिनिधित्व गर्दै श्रेष्ठ जान थालेकी हुन ।
श्रेष्ठलाई इभेन्ट बेटर ग्यालेक्सी नामक संस्थाले नेपालबाट पठाउदै छ । असर ११ गतेदेखि १६ गते (जुन २६ देखि जुलाई १) सम्म लिटिल मिस वल्ड हुने भएको छ । १२ बर्ष उमेर समुहका बालबालिकाहरुले सहभागिता जनाउन सक्ने लिटिल मिस बल्र्डमा विश्वभरका ८० देशका प्रतिष्प्रधीहरुको सहभागिता हुन थालेको छन् । जसमा नेपालवाट श्रेष्ठले सहभागिता जनाउन थालेकी छिन ।

बालबालिकाहरुको बोली, व्यवहार र क्षमताको मापन हुने लिटिल मिस वल्र्डमा स्वीमिङ र डान्समा श्रेष्ठले सहभागितामा जनाउने भएकी छिन । काठमाडौँमा अध्ययनसँगै लिटिल मिस वल्र्डको तयारी गरिरहेकी श्रेष्ठले प्रतिष्प्रर्धासँगै गौतम बुद्ध जन्मीएको देश नेपाल हो भनेर संसारभर चिनाउनकालागि आफुले लिटिल मिस वल्र्डमा सहभागि हुन चाहेको बताइन । मिस वल्र्डमा याङशुीले गौतम बुद्ध नेपालमा जन्मीएका हुन र नेपालीहरु शान्ति चाहान्छन्, काटमार चाहदैनन भन्ने सन्देश बोकेको गीतमा प्रस्तुती रहने आमा कल्पना श्रेष्ठले जानकारी दिइन ।

त्यसँगै श्रेष्ठले बौद्धिक मापनमा समेत सहभागिता जनाउने छिन । लिटिल मिस वल्र्डमा बालबालिकाहरुको बोल्ने शैली, बौद्धिकता,शारिरीक सौदर्य,नयाँ साथीहरुसँग घुलमिल गर्न सक्ने क्षमतालगायतका क्रियाकलापको मापन गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*