Home / समाचार / अन्तराष्ट्रिय योग दिवसमा लिटल एञ्जलमा कार्यक्रम

अन्तराष्ट्रिय योग दिवसमा लिटल एञ्जलमा कार्यक्रम

दाङ,६ असार । अन्तराष्ट्रिय योग दिवसका अवसरमा लिटल एञ्जल विद्यालय घोराहीले शुक्रवार स्तरीय कार्यक्रम गरि दिवस मनाएको छ ।

विद्यालयले एक समारोहको आयोजना गर्दै सामाजिक सञ्जालहरुले विद्यार्थीहरुको पठनपाठनदेखि लिएर उनीहरुको दैनिक जीवनमा पार्ने प्रभाव, सामाजिक पेजहरुको नशा तथा यसवाट वच्ने उपायहरुको वारेमा अमर अधिकारीले सहजीकरण गरेका थिए । कार्यक्रममा पत्रकार नरेन्द्र के.सीले सफल जीवनको महत्वपूर्ण पाटोहरुलाई केलाउँदै हामीले गर्ने संघर्ष, लगाव, मेहनतले नै सवै क्षेत्रमा सफल वनाउछ भन्दै वर्तमान समयमा सञ्चारको महत्वको वारेमा विद्यार्थीहरुसंग साक्षात्कार गरेका थिए ।

त्यसैगरी हाम्रो जीवनमा योगको महत्व प्रस्ट्याउदै हरेक व्यक्तिले योग अभ्यास गर्न आवश्यक रहेको बताएका थिए । योगले नै हामीलाई सन्तुलित वनाउने हो भन्ने सचेतीकरण केसीले गरेका थिए ।
विद्यालयले विद्यार्थीहरुको प्रतिभालाई उजागर गर्ने हेतुले विभिन्न तह अन्तरगत हरेक शुक्रवार उत्प्रेरण जगाउने, प्रेरणा प्रदान गर्ने तथा हौसला प्रदान गर्नुका सार्थै विद्यार्थीलाई सिजनशील वनाउने खालका कार्यक्रमहरु आयोजना गर्दै आएको विद्यालयका प्रधानाध्यापक यादव गिरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*