Home / समाचार / तुलसीपुरमा मन्टेश्वरी तालिम

तुलसीपुरमा मन्टेश्वरी तालिम

तुलसीपुर, ६ असार । एन प्याव्सन दाङको आयोजनामा शुक्रवारदेखि तुलसीपुरमा दुई दिने मन्टेश्वरी तालिम शुरु भएको छ । एन प्याव्सन दाङका अध्यक्ष भीमबहादुर वुढाथोकीको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष सुवोध कुमार डाँगीको प्रमुख आतिथ्यता तथा प्रशिक्षक प्रतिक्षा गौतमको विशिष्ट आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो ।

त्यस अवसरमा वोल्ने वक्ताहरुले तालिममा सिकेका कुराहरु व्यवहारमा लागू गर्न आग्रह गरेका थिए । उनीहरुले साना साना वालवालिकाहरुलाई बोझिलो नभई रमाइलो हुने तरिकाले पढाउन समेत सुझाव दिएका थिए । सो अवसरमा एन प्याव्सन दाङका वरिष्ठ उपाध्यक्ष विमल गौतम लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

उपाध्यक्ष भोजराज न्यौपानेको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रमको संचालन सचिव ठाकुरप्रसाद डागीले गरेका थिए । तालिममा एन प्याव्सन दाङमा आवद्ध ४० विद्यालयका झण्डै ८० जना शिक्षिकाहरुको सहभागिता रहेको छ । दुई दिनसम्म संचालन हुने तालिमको प्रशिक्षकमा प्रतिक्षा गौतम रहेकी छिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*