Home / Feature Breaking news / व्यवसायी राेम वलीले परिवार नियाेजनमा करिब ५ लाखकाे लगानीमा प्रतिक्षालय निर्माण गर्दै

व्यवसायी राेम वलीले परिवार नियाेजनमा करिब ५ लाखकाे लगानीमा प्रतिक्षालय निर्माण गर्दै

दाङ, ५ असार

नेपाल परिवार नियोजन संघमा प्रतिक्षालय बन्ने भएको छ । नेपाल परिवार नियोजनसंघमा पछिल्लो समय परामर्श तथा प्रजनन सेवाकोलागी आउने सेवाग्राहीहरू बस्नकालागी उपयुक्त स्थान नभएकाे समयमा घाेराहीका एक व्यवसायीले परिवार नियाेजनकाे परिसरमा प्रतिक्षालय निर्माण गर्ने भएका छन् ।

ईट्टा व्यवसायी एवं समाजसी रोम वलीले आफ्नो जन्मदिनको अवसर पारेर विहीवार प्रतिक्षालय बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएकाे छ । वली दाङ देउखुरी हाेटल व्यवसायी संघका अध्यक्ष हुन् ।

वलीले अाफ्नाे ४५ अाैँ जन्मदिनकाे अवसरमा बुवा दलबहादुर वली र गोमा वलीको सम्मानमा प्रतिक्षालय निर्माणकालागी परिवार नियाेजन संघसँग मंगलवार सम्झाैता गर्नुभएकाे हाे । एक कार्यक्रमकाबीच विहीवार सम्झाैता पत्रमा दुबै पक्षले हस्ताक्षर गरेका छन् ।

जसमा व्यवसायी राेम वली र परिवार नियाेजनकाे तर्फबाट अध्यक्ष तिर्थ सन्ताेषीले हस्ताक्षर गर्नुभएकाे छ । वलीले यश अघि विभिन्न क्षेत्रकाे विकासकालागी सहयाेग गर्दै अाएका छन् ।

१ हजार स्क्वाएर फिटको प्रतिक्षालय निर्माणकालागी ४ देखि ५ लाख लगानी लाग्ने अनुमान गरिएकाे छ ।

साउनकाे दाेस्राे सातासम्ममा प्रतिक्षालय निर्माण सकेर परिवार नियाेजनलाइ हस्तान्तरण गरिने वलीले जानकारी दिनुभयाे ।

पत्रकार सम्मेलनमा परिवार नियोजनसंका प्रबन्ध निर्देशक बसन्त खनालले परिवार नियोजनसंघ पहिले जनसंख्या न्यनीकरणको लागी स्थापना भएपनि पछिल्लो समय प्रजनन सम्बन्धि परामर्श तथा जानकारीको लागी सबैको रोजाईमा परेको बताउनु भयो ।

आम महीलाले अहिले पनि प्रजनन्का समस्या सबै ठाँउमा खुलेर भन्न नसक्ने भएकाले परिवार नियोजन रोजाईमा परेको बताउनु भयो ।

जसकालागी प्रतिक्षालय बनेमा सेवाग्राहीहरूलाई विश्राम स्थल हुने छ । परिवार नियोजनसंघ दाङका अध्यक्ष तिर्थराज सन्तोषीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सहजीकरण सचिव माया पोख्रेलले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*