Home / Feature Breaking news / रझेना स्कुलः एम्स भर्सेज स्वीमिङ

रझेना स्कुलः एम्स भर्सेज स्वीमिङ

दाङ,५ असार । घोराही बजारको छेउमै रहेको विद्यालय हो मावि रझेना । घोराही उपमहानगरपालिका–१८ को रझेनामा रहेको माध्यामिक विद्यालय रझेनाले प्रवृधिको प्रयोगसँगै विद्यार्थीहरुको चाहना अनुसार अतिरिक्त क्रियाकलापमा समेत ध्यान दिदै आएको छ । केही बर्ष अघिसम्म मध्यम खालको विद्यालयका रुपमा रहेको माध्यामिक विद्यालय शैक्षिक सुधारका दृष्टिले होस या नतिजाका दृष्टिले होस रझेना पछिल्लो समय जिल्लाका अव्वल बनेको छ । साथै त्यहा विद्यालयको संपुर्ण गतिविधिवारे अभिभावकलाइ जानकारी दिन कम्प्युटर एप्स र विद्यार्थिहरुलाइ इर्नजेटिक बनाउन स्वीमिङ अभ्यास समेत सुरु भैसकेको छ ।

कक्षा १२ सम्म पढाई सञ्चालन गरेको विद्यालयले स्मार्ट डिजिटल बोर्डका माध्यमवाट विद्यार्थीलाई पढाउने गरेको छ । प्ले ग्रुपदेखि युकेजीसम्म मन्टेश्वरी शिक्षाका माध्यमवाट पढाई हुने गरेको छ । जसमा करिव दुई सय २५ विद्यार्थीहरु रहेका छन । त्यस्तै विद्यार्थी र अभिभावकको चाहना अनुसार नेपाली र अग्रेजी दुवै माध्यमवाट पढाई हुने गरेको छ । नेपाली माध्यमवाट कक्षा १ देखि १२ सम्म र अग्रेजी माध्यमवाट कक्षा १ देखि नौसम्म पढाई हुने गरेको छ । प्राविधिक शिक्षातर्फ सिभिल सव–इन्जिनियरिङ र सर्भे सम्वन्धी पढाई हुने गरेको विद्यालयका प्रधनाध्यापक उद्धव न्यौपानेले बताए ।

१८ सय विद्यार्थीहरु रहेको विद्यालयमा विद्यार्थीको चाहना अनुसार हरेक शुक्रवार अतिरिक्त क्रियाकलाप गर्ने गरेको छ । जसमा विभिन्न खेलकुदका कार्यक्रम गर्नका साथै विद्यार्थीहरुलाई स्वीमिङ गराउने गरेको छ । घोराहीको भिग्रेली भिलेज रिसोर्टको स्वीमिङ पुलमा विद्यार्थीहरु लैजाने गरेको छ । गर्मीको समयमा विद्यार्थीहरुलाई सितलतासँगै स्वीमिङ सम्वन्धी जानकारी लागि लैजाने गरेको प्रधानाध्यापक न्यौपानेले बताए । ‘गर्मीका सितलतासँगै स्वीमिङ सम्वन्धी जानकारी लागि हरेक हप्ताको शुक्रवार विद्यार्थीलाई स्वीमिङ गराउन लैजाने गरेका छौ’,विद्यालयका प्रअ न्यौपानेले भने,‘त्यसका लागि भिग्रेजी भिलेज रिसोर्टले विद्यालयलाई सहयोग गर्ने गरेको छ ।’ अन्य क्रियाकलापसँगै स्वीमिङ गराउँदा विद्यार्थीहरु खुशी हुने गरेको छ ।

विद्यार्थीहरुलाई स्वीमिङ पुलमा लगेर खेलाउने जिल्लामै एक मात्र सामुदायिक विद्यालय हो । अहिले विद्यार्थीहरुको माग र चाहनालाई मध्यनजर गर्दै विद्यालयमै स्वीमिङ पुल बनाउने योजना बनाएको न्यौपानेले बताए । त्यसकालागि सम्पुर्ण तयारी विद्यालयले पुरा गरेर डोनरको खोजीमा रहेको समेत बताए । ‘विद्यार्थीलाई कसरी नयाँ शिक्षा दिन सक्निछ भन्ने हाम्रो ध्यान छ’, उनले भने,‘त्यही अनुसार नयाँ प्रविधिका माध्यमवाट पढाईसँगै अतिरिक्त क्रियाकलाप गर्ने गरेका छौँ ।’ प्रधानाध्यापक न्यौपानको अनुसार भौतिक पूर्वाधार, सेवासुविधा र शैक्षिक गुणस्तरमा विद्यालयले गरेको सुधारका कारण विद्यालयमा बर्सेनी विद्यार्थीहरु थपिने क्रम बढ्दै गएको बताए । भौतिक पूर्वाधारको अभावका कारण योबर्ष करिव तीनदेखि चारसय विद्यार्थी फर्कन परेको उनी बताउँछन ।

विद्यार्थीले विद्यार्थी र शिक्षकहरुलाई अनिवार्य रुपमा दश बजे विद्यालयको गेटभित्र प्रवेश गरिसक्नुपर्ने निमय बनाएको छ । त्यो भन्दा ढिला गएर शिक्षक र विद्यार्थी भित्र प्रवेश गर्न पाउँदैनन् । विद्यालय प्रवेश गरृेपछि चार निश्कन्छन । विद्यार्थीलाई आवश्यक पर्ने लाईव्रेरी, क्यान्टीन, खेलकुद मैदानको व्यवस्था छ । त्यही खेल्ने, त्यही पढ्ने र नास्ता पनि विद्यार्थीले क्यान्टीनमा खाने गरेका छन

रझेना विद्यार्थीले भरिभराउ मात्र होइन भौतिक पुर्वाधारले पनि सुविधासम्पन्न भएको विद्यालय भएपनि विद्यार्थीको चापका कारण कक्षा कोठाको अभाव देखिएको प्रधानाध्यापक न्यौपानेले बताए । ‘हाम्रो विद्यालयमा खानेपानी, छात्राको लागि सुविधासम्पन्न शौचालय, पुस्तकालय र दुई वटा आफै स्कुल बस पनि छ’,प्रधानाध्यापक न्यौपानेले भने,‘ विद्यालयमा धेरै सुविधा हुदाँहुदै पनि पछिल्लो पूर्वाधारको अभाव देखिएको छ ।’ विद्यार्थीकाृ संख्या बढ्दै जादा कक्षा कोठाको आवश्यकता रहेको छ, त्यसका लागि व्यवस्थापन समिति र विद्यालयको तर्फ आफुले पहल गरिरहेको छु ।

त्यस्तै गरि विद्यालयले आफनै एप्स निर्माण गरेको छ । एप्समा विद्यालयको सम्पुर्ण गतिविधिसँगै शिक्षक,विद्यार्थीहरु स्कुल आए नआएको समेत अभिभावकले बुझन सक्नेछन । अहिले विद्यालयका शिक्षकहरुवाट सुरु भएको एप्स अव विद्यार्थीका अभिभावकहरुलाई दिने तयारीमा विद्यालय लागेको प्रधानाध्यापक न्यौपानेले बताए । ‘एप्स निर्माणसँगै विद्यालयसम्म पढ्न छोराछोरी आएकी आएनन्,त्यो घरवाटै अभिभावकले हेर्न सक्नेछन’,न्यौपानेले भने,‘शैक्षिक सुधारका लागि यो एप्सले महत्वपुर्ण सहयोग पु¥याउने विश्वास रहेको छ ।’ त्यस्तै विद्यालयले हाजिरी शिक्षक, अभिभावक र विद्यार्थी स्वयमले हेर्न मिल्ने इशिक्षाको व्यवस्था समेत गरेको छ । विद्यालय सफल हुनुको मुख्य कारण अभिभावकको विश्वास, शिक्षकहरुको मेहेनत र लगनशिलताले नै भएको उनी बताउँछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*