Home / समाचार / घोराही–५ मा असार चार गतेदेखि योजना छनोट

घोराही–५ मा असार चार गतेदेखि योजना छनोट

दाङ,२ असार । घोराही उपमहानगरपालिका वडा नं. ५ मा यहि असार चार गतेदेखि योजना छनोट गरिने भएको छ । वडाअध्यक्ष बिष्णुमणि दाहालको अध्यक्षतामा बसेको बैठकले वडा समितिको बैठकले आर्थिक बर्ष २०७६–०७७ का लागि वडाका विभिन्न बस्तीमा पुगेर योजना छनोट गर्ने निर्णय गरेको छ ।

घोराही उपमहानगरपालिकाको निती कार्यक्रम अनुसार वडाका शिक्षा,कृषि, शिक्षा,विद्युत,सडकलगायतका पूर्वाधार विकासका लागि कस्ता योजना आवश्यक छन भनेर बस्तीमा पुगेर योजना संकलन गर्ने निर्णय भएको वडाध्यक्ष दाहालले जानकारी दिए ।

‘बस्तीहरुमा जनताले भोगेका समस्याहरु समाधान गर्ने उद्देश्यले बैठकले योजना संकलनकालागि बस्तीा जाने निर्णय गरेको छ’,वडाध्यक्ष दाहालले भने,‘सोही अनुसार बस्तीमा पुगेर योजना संकलन हुनेछन ।’ जसका लागि वडा सदस्य तथा कर्मचारीहरुलाई जिम्मेवारी समेत तोकिएको वडाध्यक्ष दाहालले जानकारी दिए ।

वडाका बस्तीमा घरदैलो गरिने
यसैविच घोराही उपमहानगरपालिका वडा नं. ५ मा रहेको समुदाय प्रहरी साझेदारी वडा समितिको बैठक बसेको छ । समितिका संयोजक समेत रहेको वडाध्यक्ष बिष्णुमणि दाहालको अध्यक्षतामा बसेको बैठकले असार १८ गतेदेखि वडाका विभिन्न बस्तीमा घरदैलो कार्यक्रम गर्ने निर्णय गरेको छ ।

बलविवाह,बहुविवाह, अवैध मदिरा नियन्त्रण ,लैङगीक हिंसा,साईवरक्राइमसँगै लागुऔषध दुव्यर्सनीका बारेमा जानकारी दिने उद्देश्यले सचेतना कार्यक्रम गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*