Home / Feature Breaking news / गर्मी छल्नै सकस

गर्मी छल्नै सकस

बालाराम खड्का

दाङ, २ असार । सडकमा निकै तातो हवाले ‘लु’को संकेत गरेको छ । टिनका छानामुनिका कक्षाकोठामा विद्यार्थीहरु छटपटाइरहेका छन् । सार्वजनिक सवारीसाधनमा खचाखच भरिंदाको यात्रा सकसपूर्ण बनेको छ । मस्कीलले व्याड राख्न भ्याएका गराहरु चिराचिरा परेका छन् । पोखरीमा पानी सुक्दा पशुचौपायालाइ छटपटी छ ।

अधिक्तम तापक्रम ४२ डिग्री सेल्सियस नाघेपछि दाङको जनजीवन सकसपूर्ण भएको छ । पाकाहरुले यसलाई इतिहासकै सबैभन्दा गर्मीका रुपमा लिएका छन् । असार लागि सक्दा पनि बर्षा नभएपछि किसानहरु पनि आतिएका छन् । लामो खडेरीका कारण किसानहरुले लगाएको मकै लगायत तरकारी बालिपनि सुकिसकेको छ । शनिवार दाङको तापक्रम करिव ४२ डिग्री पुगेको दावी मौसम फिल्ड कार्यालय घोराहीले गरेको छ । कार्यालयका अनुसार यस बर्षकै सवैभन्दा उच्च तापक्रम आइतवार माफन गरिएको छ । मौसमविदहरुले अझै पनि केहि दिन पानी पर्ने संभावना नरहेको अभिव्यक्ति दिएका छन् ।

गर्मीका कारण पानीका मुहानहरु सुक्न थालेका छन् । सवै खानेपानी संस्थाहरुले पानी वितरणको समयमा भारी कटौति गरेका छन् । कुवामा समेत पानी नआउदाँ विभिन्न विद्यालय तथा सर्वसाधारणहरुलाई खानेपानीका लागि सास्ती हुने अवस्था आएको छ । टेंकरको पानी किनेर जोहो गर्दै आएका विद्यालयहरुले पैसाले किन्ने पानी पनि पाउन सकेका छैनन् । गाउँघरमा समेत सर्वसाधारणहरु वरपीपलको छहारीमा विश्राम लिने अवस्था आएको छ । वरपिपलको छहारीमा अन्य छाया भन्दा बढि अक्सिजन पाउने विज्ञानले प्रमाण्ति गरेको छ ।

‘पानी पदैन् घरमा वसी नसक्नु अवस्था छ , त्यसैले यहाँ अलि चिसो हावा आउछ भनेर सितल खान आएका हौं –तुलसीपुुर –४ वनहरीको चौपारीमा वसेका वृद्धवृद्धाहरुले भने । उनीहरुले पहिले पहिले यो समयमा खेत वारीमा खेतीका लागि धमाधम काम सुरु हुने भएपनि यस बर्ष भने पानी नपरेका कारण खेती सुरु नभएको बताए । ‘केही दिन अगाडी आएको पानीमा मकै रोपेका हौं तर मकै सवै सुकेको छ’ –स्थानीय कमल चौधरीले भने ।
उनले अव दुई चार दिन पानी नआउने हो भने सवै मकै सुक्ने बताए । त्यसैगरी अन्य किसानहरुले भने पानी हुने स्थानमा धानको व्याड राखेपनि गर्मी संगै कुलोमा पानी सुकेका कारण व्याडपनि सुकेको बताए । ‘बजारबाट उन्नत जातका धानको वीउ लिएर व्याड राखेका थियौ तर व्याड सवै सुक्न थाल्यो –तुलसीपुर –७ पर्सेनीका किसान यमराज वली भने । त्यसैगरी पश्चिममा पनि अध्याधिक गर्मीका कारण मकै बाली सुक्न थाले पछि किसानहरु चिन्तामा छन् । जेठको पहिलो सातामा मकै रोपेका किसानहरुको मकै ठृुलो भएपनि गर्मीका कारण सवै सुक्न सुरु गरेको हापुरे निवासी झुपलाल केसीले बताए । ‘गर्मीका कारण मकै बाली सवै सुक्न थालेको छ उनले भने । ’ अहिले दाङमा प्रचण्ड गर्मीको रापले दिनमा सामान्य हिँडडुल पनि सकस बनेको छ ।

गर्मीले गर्दा बजारमा पनि र कार्यालयमा पनि चहलपहल देखिँदैन । प्रचण्ड घामको रापले विद्यालय पढ्न जाने स–साना नानी, वृद्धवृद्धा र कडा शारीरिक श्रम गर्ने मजदुर मारमा परेका छन् ।
केही दिन अगाडी गर्मीको कारण देखाउदै विद्यालय केहि दिन बन्द गरेपनि दिन प्रतिदिन गर्मी बढेपछि विद्याालय सञ्चालकहरु पनि समस्यामा परेका छन् । विद्यालयहरुमा विद्यार्थीहरुलाई खानेपानीको समस्या पनि बढदै गएको छ । ‘पानीको माग बढी छ, विद्यालयमा दैनिक दुई टे्याङकर खानेपानी बोकेर विद्यार्थीलाई खुवाउनुपर्ने अवस्था छ –गुरुजजुर माविका लेखापाल ध्रुव न्यौपानेले भने ।

त्यस्तै सर्वसाधारणहरुले भने खानेपानीका लागि सात आठ दिन ट्ेयाङकरको पालो कुर्नुपर्ने अवस्था रहेको सर्वसाधारणहरु बताउछन् । ‘आज पानी आवश्यक प¥यो भने ५ दिन पछि पालो आउछ, समस्या बढदै गएको छ –स्थानीय उमा केसीले भनिन् । उनले धारामा आधा घण्टा पानी आउने र त्यो पानी मानीसले खानमात्र पुग्ने भन्दै नुहाउन, कपडा धुन पानीको पालो कुर्नुपर्ने अवस्था रहेको स्थानीयहरु बताउछन् । गोरक्ष दैनिकवाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*