Home / Feature Breaking news / प्रेसमाथिको नियन्त्रण अस्वीकार्यः पूर्व अध्यक्ष शर्मा

प्रेसमाथिको नियन्त्रण अस्वीकार्यः पूर्व अध्यक्ष शर्मा

शरद रेग्मी
दाङ, १ असार । प्रेस काउन्सील नेपालका पूर्व अध्यक्ष तथा अग्रज पत्रकार नारायणप्रसाद शर्माले वर्तमान सरकारले ल्याएको मिडिया विधेयक स्वीकार्य नहुने बताएका छन ।
रिपोटर्स क्लव नेपाल दाङले आइतवार घोराहीमा गरेको साक्षातकार कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष शर्माले सञ्चार क्षेत्रलाई नियन्त्रण गर्न खोज्ने मिडिया विधेयक तत्काल फिर्ता लिन पनि सरकारलाइ आग्रह गरेका छन ।

‘स१चार क्षेत्रको नियमनलाई स्वीकार्न विधेयक ल्याउन खोजिएको हो भने त्यो स्वीकार्न सकिन्छ, तर नियन्त्रण गर्न अभिप्रेरित विधेयक सञ्चारककर्मीहरुले स्वीकार्न सक्दैनन्’, शर्माले भने, विधेयक नियन्त्रणको मनसायले आएको छ । सञ्चारकर्मीहरु जहिलेपनि प्रतिपक्षिको भुमिकामा हुने तर सत्ताधारी जहिल्यैपनि नियन्त्रण गर्न चाहने मनस्थीतिमा रहने गरेका छन ।’

त्यसै कार्यक्रममा नागरिक समाज दाङका सस्थापक संयोजक टिकाराम रेग्मीले विधेयक दुर्गणै दुर्गुणले भरिएको भन्दै सरकारले मिडिया विधेयकलाई फिर्ता लिन आग्रह गरे ।
उनले ३२ दफाले भरिएको विधेयकमा अधिकांश दफाहरु नियन्त्रणकारी भएको पनि दावी गरे ।

मिडिया विधेयक खारेजगरी प्रेस काउन्सिल विधेयक ल्याउन पनि सरकारलाइ सुझाव दिए । कार्यक्रममा नेपाल पत्रकार महासघ दाङका पूर्व अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी ्रसुशील गौतमले मिडिया काउन्सील विधेयकलाई सरकारले थेग्न नसक्ने बताए ।
प्रेसलाइ जहिलेपनि कार्यपालिकाको डण्डाबाट टाढा राख्नुपर्दछ, गलत गर्ने पत्रकारलाई कारवाहि गर्ने त अन्य कानुन पनि भएको बताए ।

कार्यक्रममा महासंघका पूर्व अध्यक्ष केवी मसालले मिडिया काउन्सिल विधेयक स्वतन्त्र प्रेसका पक्षमा नभएको बताएका थिए । त्यस्तै नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष प्रताप रेग्मीले नेपालको संघिय संविधानले नै पुर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको अवस्थामा फेरी सञ्चारजगतलाई अंकुश लगाउन खोज्ने विधेयक ल्याउन खोज्नु सरकारको गलत नियत भएको बताए ।

रिपोर्टस क्लव नेपाल दाङ शाखाका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण क्लवका महासचिव विमल गौतमले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*