Home / Feature Breaking news / सिपले व्यवसायी बन्दै महिला

सिपले व्यवसायी बन्दै महिला

दाङ,१ असार । बंगलाचुली गाउँपालिका वडा नं. ४ काभ्रे सञ्चान भएको हाते होजियारी तालिमवाट स्थानीय मोती डागीले स्वीटर, आउटर, टोपी, सललगायतका ऊनका कपडा बनाउन सकिन । तालिमसँगै गाउँका महिलाहरु मिलेर व्यवसाय बनाउने सोच बुनेकी छिन ।

तालिम नलिदासम्म घरायासी काममा बेस्त रहने डाँगी स्थानीय सरकारले सहयोग गरे हाते होजियारी सम्वन्धी व्यवसाय गर्ने सोच भएको बताइन । ‘तालिम लिएपछि व्यवसाय गर्ने सोच पलाएको छ तर आर्थिक अवस्था कमजोर भएका कारण गर्न सक्ने अवस्था छैन’,मोतीले भनिन्,‘व्यवसाय गर्नकालागि आवश्यक सामाग्री सहयोग भैदिए व्यवसाय गर्ने थिए ।’ त्यही अनुसार साथीसँग सल्लाह भएको समेत उनी बताउँछन । पहाडमा सधै चिसो हुने र ऊनका कपडा आवश्यक भईरहने भएकाले तालिम लिएका महिला दिदीबहिनी मिलेर व्यवसाय सोच बनाएको समेत उनले बताइन ।

त्यस्तै घोराही उपमहानगरपालिका वडा नं. १७ मा रहेको त्रिशक्ति लद्यु उद्यमी समूहका महिलाहरु दुना टपरी कुट्न व्यस्त हुने छन । घरको काम सकेर बचेको समयलाई सदुपयोग गर्न सके राम्रो चल्ने र यसवाट आम्दानी हुने समेत विश्वास रहेको समूहकी अध्यक्ष रामकला थापा बताउँछिन । ‘वनमा सुकेर जाने सालका पातलाई दुना टपरी बनाउन थालेका छौँ’,थापाले भनिन् ,‘यसलाई राम्रोसँग गर्न सके आम्दानी हुने आशा छ ।’ केही महिला अघिसम्म हातैले दुना टपरी कुट्ने गरेका महिलाहरुलाई मेसिनका माध्यमवाट दुना टपरी कुटिने भएपछि सहज भएको छ ।

मेसिनको प्रयोगले व्यवसायमा सहजतासँगै छोटो समयमै धेरै टपरी बनाउन सकिने उनी बताउँछन । दुना टपरी उत्पादन गर्न थालेको छोटो समय भएपनि आफुहरुले उत्पादन गरेका दुनाटपरी होटेल, चाट पसल, मम रेष्टुरेष्ट,विद्यालयसँगै धार्मिक कार्यमा लैजाने गरेको थापाले बताइन ।

डागी र थापा प्रतिनिधि पात्र हुन । अहिले उनीहरु जस्तै धेरै महिलाहरुलाई लघु उद्यमी बनाउने उद्देश्यले गरिवी निवारण कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न स्थानमा सिप विकास तालिम दिइएको छ । जस अन्तर्गत महिलाले कटाई सिलाई, डलकुसन, बुटिक, दालमोठ बनाउने, सालका पातवाट टपरी बनाउनेलगायतका तालिमहरु लिईरहेका छन ।
गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडेपा) अन्तर्गत महिलाहरुले सिपमुलक तालिम लिएका हुन । घरेलु तथा साना उद्योग कार्यालयको सहयोग तथा उद्यम तथा सामाजिक विकास मञ्च र इन्टरप्राइज प्रोमोशन एण्ड रिसर्च सेन्टर नेपाल जेभी विकास सहजीकरण सञ्जालको आयोजनामा दाङका दश वटै स्थानीय तहमा महिला तथा पुरुषहरुले सिपमुलक तालिम लिएका छन । उनीहरुलाई लघु उद्यमीका रुपमा अघि बढाउदै बेरोजगारी समस्या समाधानकालागि सिप प्रदान गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*