Home / Feature Breaking news / दाङ आईटिएफद्धारा खेलाडी पेटी परिक्षा तथा खेलाडी सम्मान

दाङ आईटिएफद्धारा खेलाडी पेटी परिक्षा तथा खेलाडी सम्मान

घोराही,३२ जेठ । दाङ आईटिएफ तेक्वान्दो संघले खेलाडी पेटी परिक्षा तथा मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगितामा पदक बिजेता खेलाडीहरुलाई सम्मान गरेको छ । संघले शनिवार घोराहीमा एक कार्यक्रमको आयोजना गरि बिजेता खेलाडीहरुलाई अविर टिका,खादासहित प्रमाण पत्र प्रदान गरेर सम्मान गरेको हो ।

मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण पदक बिजेता खेलाडी सरिता नेपाली, काश्य पदक बिजेता खेलाडी अश्मी पुन र काश्य पदक बिजेता खेलाडीद्धय डिल्लीराज बस्नेत र पवन वलीलाई सम्मान गरिएको हो । प्रदेश परिषद खेलकुद प्रतियोगितामा रजत पदक बिजेता खेलाडी संचिता पुनमगरलाई कार्यक्रम प्रमुख अतिथि घोराही उपमहानगरपालिका वडा नं. १५ का वडाध्यक्ष रमेशकुमार पाण्डेयले सम्मान पत्र प्रदान गरेका थिए ।

kheladi

त्यस्तै कार्यक्रममा दाङ निवासी खेलाडीहरु लिलाधर बस्नेत र बिजय सुनुवारलाई पनि सम्मान गरिएको थियो । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा दुई स्वर्णपदक बिजेता बस्नेत र एक स्वर्ण र एक रजत पदक बिजेता सुनुवारलाई सम्मान गरिएको हो । बस्नेत र सुनुवार त्रिभुवन आर्मी क्वलवाट खेल्दै आएका छन ।

kheladiii

संघका अध्यक्ष प्रेम पुनको अध्यक्षतामा भएको कार्यक्रममा पेटी परिक्षा गरिएको थियो । परिक्षामा जिल्लाभरका ६२ जना खेलाडीहरुको सहभागिता रहेको प्रशिक्षक भिमबहादुर थापाले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष पाण्डेयले आइटिएफ तेक्वान्दो खेलको विकासका लागि पहल गर्ने बताएका छन । आइटिएफ तेक्वान्दोका खेलाडीहरुले खेल क्षेत्रका माध्यमवाट जिल्लाको खेलकुद क्षेत्रको विकासका महत्वपूर्ण योगदान पु¥याएको भन्दै वडाध्यक्ष पाण्डेयले आईटिएफ तेक्वान्दोको विकास लागि सवैले ध्यान दिनुपर्ने बताएका थिए ।

कार्यक्रममा नेपाली काग्रेसका नेता सुशील आचार्य, महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक राम थापालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा खेलाडीहरुसहित अभिभावकहरुको समेत उपस्थीति रहेको थियो । कार्यक्रमको सहजीकरण सल्लाहकार केशव गिरीले गरेका थिए ।

ddd

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*